२३ असार २०८२, सोमबार / 07 July 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सत्ता गठबन्धनको बैठक अघि देउवा र प्रचण्डबीच छुट्टै छलफल

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today९ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad

    १० पुस  । सत्ता गठबन्धनको बैठक बस्नु अघि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छुट्टै छलफल भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच अलग्गै छलफल भइरहेको हो ।

    Ad
    Ad

    प्रचण्डका स्वकीय सचिव रमेश मल्लले कांग्रेस र माओवादी केन्द्रको नेतृत्वबीच छुट्टै छलफल जारी रहेको बताए । दुई शीर्ष नेताहरुको छलफलपछि सत्ता गठबन्धनको बैठक बस्ने तयारी छ । सत्ता गठबन्धनको बैठक अघि कांग्रेस शीर्ष नेताहरुको बैठक बालुवाटारमै बसेको थियो ।

    Ad

    राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ५ बजेभित्र बहुमतसहित सरकारका नेतृत्वमा दाबी प्रस्तुत गर्न दलहरुलाई समयसीमा दिएकी छन् । सोही समयभित्रै सहमति जुटाउने प्रयासमा नेताहरु सक्रिय छन् ।

    बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनकै सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु सहमत छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २/२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार चलाउने विकल्पमा पनि छलफल भइरहेको छ । यद्यपि देउवा र प्रचण्डमध्ये पहिले को प्रधानमन्त्री हुने भन्ने विषयमा एकमत हुन सकेको छैन ।

    सत्ता गठबन्धनमा सहमति हुन नसकेको परिस्थितिको सम्भावनालाई ख्याल गर्दै कांग्रेस र माओवादी दुवैले नेकपा एमालेसँग पनि छलफल जारी राखेका छन् । कांग्रेस नेता विमलेन्द्र निधिले शनिबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

    ताजा सूचना

    • गाजियाबादबाट नेपाल तर्फ बेच्न लागिएका दुई नाबालिग चेलीहरू एसएसबी र सामाजिक संस्था प्रयासको संयुक्त अपरेशनमा रक्सौलमै उद्धार, दुई मानव तस्कर पक्राउ!
    • हरिशयनी एकादशी तथा तुलसी रोपण दिवस : धार्मिक, सांस्कृतिक र वातावरणीय चेतनाको पर्व
    • वीरगञ्जमा मोहरर्म कार्यक्रममा अनुमतिको द्वैधरुप! वीरगञ्जमा मोहरमको दिन कसले चलाउँछ राज्य ?" जिल्ला प्रशासन कि महानगर ?"
    • चर्चित पोर्चुगिज फुटबल स्टार डिएगो जोटा र उनका भाइको कार दुर्घटनामा निधन, पोर्चुगल शोकमा डुब्यो!
    • सशस्त्र प्रहरीको अराजकता: बीरगञ्ज भन्सारमा सर्वसाधारणको सामान लुटपाट, आफैंमा बाँडफाँड!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.