१९ फाल्गुन २०८२, मंगलबार / 03 March 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बागमती प्रदेशसभा: सर्वदलीय बैठक सुरु

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today७ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

    ८ पुष । बागतमी प्रदेशका सांसदहरुको शपथ ग्रहणको विषयमा छलफल गर्न आज सर्वदलीय बैठक सुरु भएको छ । प्रदेशसभा सचिवालय हेटौंडमा बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक एक घण्टा ढिलो गरि सुरु भएको हो ।
    बैठकले प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचित भएका सांसदहरुको जेष्ठ सदस्यको अन्तिम निर्णय, शपथ ग्रहणको मिति टुंग्याउने छ ।

    Ad
    Ad
    Ad

    प्रदेश सरकारसँगको समन्वयमा आगामी पुस ११ गतेको लागि जेष्ठ सदस्यको शपथ र १२ गते अन्य सांसदहरुको शपथ ग्रहणको कार्यक्रम राख्ने तयारी भएको र सोही अनुसार आजका सर्वदलीय बैठकमा प्रस्ताव गरेर अन्तिम रुप दिने प्रदेससभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए ।

    Ad
    Ad
    Ad
    Ad

    प्रदेशसभाको पहिलो बैठकको अध्यक्षताका लागि सचिवालयले जेष्ठ सदस्य समेत छनौट गरिसकेको छ । सचिवालयका अनुसार नेकपा माओवादी केन्द्रका नुवाकोट निर्वाचन क्षेत्र २ (क) बाट प्रदेशसभामा निर्वाचित सांसद रामप्रसाद ढुंगानाले जेष्ठ सदस्यको हैसियतमा पहिलो बैठकको अध्यक्षतासहित अन्य सांसदहरुको शपथ ग्रहण गराउने छन् । उक्त विषयलाई आजको सर्वदलीय बैठकले अन्तिम रुप दिने छ । 
    संविधानको धारा १८३ अनुसार प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा निर्वाचन आयोगले निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेको २० दिनभित्र बैठक आह्वान गरिसक्नुपर्ने र उक्त बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने व्यवस्था रहको छ ।

    सचिव खड्काका अनुसार सचिवालयले पहिलो बैठकका लागि आवश्यक कार्यसूचीहरू पनि तयार पार्नेछ । प्रदेशसभाको पहिलो बैठकको सम्भावित कार्यसूचीमा  स्वागत तथा शुभकामना, सभामुख र उपसभामुखको निर्वाचन, प्रदेश प्रमुख कार्यालयबाट प्राप्त चिठ्ठी पत्रहरू रहने उनले बताए ।

    प्रदेशसभाको पहिलो बैठकमा सरकारको तर्फबाट सदनमा पेश भएका केही अध्यादेशरु प्रस्तुत हुने र सोको प्रक्रिया पुरा गरि कानुन निर्माणमा अघि बढ्ने उनको भनाई छ ।  प्रदेश सरकारले संसद नचलेको पछिल्लो अवस्थामा गत भदौ १ गते  स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७९,  प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गरेको छ । त्यस्तै असोज १२ गते प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) अध्यादेश, २०७९, असोज ३० गते प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धी अध्यादेश, २०७९, प्रदेश कृषि विकास अध्यादेश, २०७९, प्रदेश पोल्ट्री विकास बोर्डको स्थापना सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका छ ।

    सरकारबाट जारी भएको उक्त अध्यादेशहरू सदन संचालन भएको ६० दिन भित्र पास गरिसक्नु पर्ने भएकाले संसदको पहिलो बैठकमा ति अध्यादेशहरु प्रस्तुत गरिने उनले बताए ।

    ताजा सूचना

    • निजी शिक्षामा एकताको सन्देश सरोज चौधरी र राहुल श्रीवास्तवको नेतृत्वमा होली मिलनबाट उठ्यो सहकार्य र गुणस्तर सुधारको आवाज
    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.