२३ असार २०८२, सोमबार / 07 July 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • को बन्ला कांग्रेस संसदीय दलको नेता ?

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today४ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad

    काठमाडौं,५ पुस । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन समितिले बुधबार हुने निर्वाचनका लागि सोमबार नै मतदाताको नामावली सार्वजनिक गरिसकेको छ । 

    Ad
    Ad

    आज दिउँसो २ देखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार उम्मेदवारको प्रथम नामावली आज दिउँसो ३ः३० बजे प्रकाशन हुनेछ भने दिउँसो ३ः३० देखि ४ बजेसम्म उम्मेदवारको नामावलीमा दाबीविरोध हुनेछ । 

    Ad

    अपरान्ह साढे ४ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ भने साँझ ५ः४५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेद्वारी दिनका लागि ५१ हजार रुपैयाँ दस्तुर लाग्ने भएको छ ।

    संसदीय दलको नेताको मतदान भने बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ । 

    कसको पर्ला उम्मेदवारी ? 
    कांग्रेस संसदीय दलको नेताका लागि मुख्यगरी दुई जनाको उम्मेदवारी पर्ने देखिएको छ । संस्थापनबाट प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र इतर समूहबाट महामन्त्री गगनकुमार थापा वा डा. शेखर कोइरालाको उम्मेदवारी पर्नेछ । 

    यसअघि होडमा रहेका डा. शशांक कोइरालाले सोमबारसम्म आउँदा आफूलाई अग्रसर गराउन सकेनन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले सहमतिबाटै संसदीय दलको नेता चुनिनु पर्ने भन्दै पछि हट्ने संकेत रेका छन् । 

    पौडेलले आफू छलफलकै क्रममा रहेको बताए । हाम्राकुरासँग उनले भने, ‘म अझै छलफलमै छु । तर सहमति गरेर जानु पर्छ भन्ने पक्षमा छु । सकभर प्रतिस्पर्धा गरेर जानु हुन्न भन्ने मेरो मत हो ।’

    उनले अहिलेसम्मको दृष्टान्त बताउँदै भने, ‘म छलफलमै छु । उतातिर शेरबहादुरजी हुनुहुन्छ । यतातिर नयाँ पुस्ताहरु हुनुहुन्छ । अर्कातिर शेखरजीहरुको मिलिराख्या छैन । यही अप्ठयारो सिचुएसन छ । हेर्दैछु । अहिलेको आवश्यकता पार्टीको सर्वसम्मत नेतृत्वको हो । सर्वसम्मतको कोसिसतिर नगएपछि त झन् अनिश्चित बन्छ ।’

    उनले सहमतिका लागि आफूले छाड्न सक्ने संकेत भने गरेका छन् । यद्यपि उनी छलफलमै छन् । उनले आफू निकटका सांसदहरुसँग हिजो साँझ कुराकानीसमेत गरेर अबको बाटो कसरी अगाडि बढ्ने भनेर तय गर्नुपर्नेमा जोड दिएका थिए । 

    उनी निकटका नेताहरु संसदीय दलको नेतामा युवालाई ल्याउँदा राम्रो हुनेतर्फ अग्रसर भएको बुझिएको छ । स्रोतका अनुसार नेता पौडेलले सभापति शेरबहादुर देउवासँग राष्ट्रपतिका लागि पहल गरिरहेको बुझिएको छ । 

    देउवा पक्षले भने देउवाको विकल्प देखेका छैनन् । देउवा पक्षका युवा नेताहरुको छलफलले उनलाई नै समर्थन गर्ने जनाएका छन् । यो अन्तिम पटकको उम्मेदवारी रहेकाले नेतृत्वलाई चिँढ्याएर जाने पक्षमा नभएको नेताहरुले बताएका छन् । दोस्रो तहका नेताहरुको छलफलले देउवालाई निर्विकल्प बनाएर सहमतिसहित जाने बताएका छन् । एक नेताले भने, ‘उहाँको यो अन्तिम पटक हो त्यसैले हामीले सहमतिमै उहाँलाई नेता बनाउनु पर्छ भनेर लागेका छौं ।’

    संस्थापन इतर समूहमा महामन्त्री गगन थापा र नेता डा. शेखर कोइरालाबीच अझै कुरा मिल्न सकेको छैन । सोमबार रातिसम्म भएको छलफलले कुनै टुंगो लगाउन नसकेपछि अहिले बिहान निकटस्थे पदाधिकारी, केन्द्रीय सदस्य र जितेका सांसदहरुबीच छलफल हुने जनाइएको छ । 

    कसको नाममा सहमति हुन्छ भन्नेमा अझै टुंगो लागेको छैन । कांग्रेस कार्यकर्ताहरु भने गगनले नै उम्मेदवारी दिनुपर्ने बताएका छन् । समग्र देशको युवा जमात पनि गगनकै पक्षमा रहेको छ । 

    अर्कातर्फ सभापति देउवासँग टक्कर दिनका लागि गगन नै दमदार प्रतिस्पर्धी रहेको विश्लेषणसमेत गरिएको छ । 

    सोही कारण पनि गगनले सोमबार आफू निकटका नेताहरुसँग विभिन्न चरणमा भेट गरेका थिए । रातिसम्मै भेटघाटमा लागेका उनले सहमतिमै उम्मेदवारी दिने बताएका छन् । 

    उनले कार्यकर्ताको भावना अनुरुप पछि हट्न नसक्ने जनाउँदै आएका छन् । उनले निर्वाचनमा कांग्रेसको जनमत युवाहरुकै कारण आएको ठोकुवा गर्दै आफू पछि हट्न नैतिकताले पनि नदिने बताएका छन् । उनले आफूलाई सबैले सघाउने दाबीसमेत गरेका छन् । उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले शुरुआतदेखि नै साथ दिएका छन् । 

    यदि इतर समूहबाट एउटै उम्मेदवार नभएमा पार्टीमा नयाँ समीकरण बन्न सक्ने खतरासमेत औंल्याइएको छ । त्यसैले पनि सुझबुझ अपनाउन आग्रह गरिएको छ । 

    त्यसैले त शेखर–गगन निकटका नेता शंकर तिवारीले यतिबेला डा. शेखर कोइरालाले सुझबुझ अपनाउनु पर्नेमा जोड दिएका छन् । 

    उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् –
    ‘शेखरले देखाउनु पर्ने सुझबुझ – कुरा प्रष्ट छ । कांग्रेस महामन्त्री गगन थापाले चुनाव अगावै भने जस्तै संसदमा प्रतिनिधित्व गर्ने दलमध्ये सबभन्दा ठूलो दल कांग्रेसमा मात्र संसदीय दलको नेता चुन्ने  चुनाव हुँदैछ । गगनले पार्टीको संसदीय मोर्चाको नेता बन्न चाहेको कुरा जगजाहेर छ। उहाँका प्रस्तावक अर्का महामन्त्री विश्वप्रकाश शर्मा हुनुहुन्छ । यदि देउवा इतर समूहमा शेखर कोइराला र गगन थापा मध्येबाट सहमतिको उम्मेदवार नबनेमा शेखर कोइरालाले हातमा रहेको एउटा महामन्त्री मात्र गुमाउने छैनन् उनको समूहमा जोडिन आइपुग्ने अर्का महामन्त्री विश्वप्रकाशको समेत नेता हुने अवसर गुमाउने छन् । र कांग्रेसको राजनीति नयाँ ध्रुवीकरणतर्फ जानेछ । आशा गरौं पार्टीको संसदीय मोर्चाको अल्पमतको नेता हुन शेखर कोइरालाले आजसम्म आर्जन गरेको प्रतिष्ठा दाउमा लगाउने भन्दा पनि उदारतापूर्वक सुझबुझको निर्णय लिनु हुनेछ । यो पटक जित त शेरबहादुर देउवाको नै हुनेछ, यति कुरा भनी राखौं, उहाँ जहिले प्राविधिक  बहुमतको नेता हुनुहुन्छ । यो संसदीय दलमा देउवाको बहुमत लामो समय जाँदैन । परिस्थितिजन्य चाप, दबाब एवं  संविधानको सीमा र परिधि अनुसार कांग्रेसले पाँच वर्षभित्रै नयाँ नेतृत्व खोज्नेछ ।’

    शेखर–गगन समूह एक भएर अगाडि बढ्ने अवस्था हुने हो भने इतर समूह पनि बलियो हुने आँकलन गरिएको छ । यो समूह एक नभएसम्म अन्य गुटका सांसदहरुसँग भोट माग्न सक्ने अवस्था नभएको नेताहरुले बताउने गरेका छन् । 

    कांग्रेस संसदीय दलको नेताको चुनावमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकबाट ३२ सांसद मतदाता छन् । ८९ मतमध्ये ५० प्रतिशत बढी मत ल्याउने स‌ंसदीय दलकाे नेता बन्नेछन् । 

    राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार पुस १० गतेसम्म सरकार गठनका लागि दावेदारीका लागि दलहरुलाई आह्वान गरिसकेकी छिन् । 

    त्यस्तै बिहीबार नवनिर्वाचित सांसदहरुले शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । कांग्रेसले सरकार गठनका लागि आफ्नो दाबी रहने जनाएको छ । ठूलो दलको हैसियत पाएको कांग्रेसको संसदीय दलको नेता नै प्रधानमन्त्री बन्नेछन् । कांग्रेसको विधानअनुसार संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ । 

    सत्ता गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू आलोपालो प्रणालीअन्तर्गत पहिलो चरणमा प्रधानमन्त्री बन्नका लागि पहल तीव्र पारिरहँदा कांग्रेसले संसदीय दलको नेता छान्न लागेको हो । 

    कांग्रेसमा मात्र संसदीय दलको नेता चयनका लागि निर्वाचन हुनेछ । अन्य दलहरुले पार्टीका प्रमुखलाई नै संसदीय दलको नेता चयन गरिसकेका छन् ।

    ताजा सूचना

    • गाजियाबादबाट नेपाल तर्फ बेच्न लागिएका दुई नाबालिग चेलीहरू एसएसबी र सामाजिक संस्था प्रयासको संयुक्त अपरेशनमा रक्सौलमै उद्धार, दुई मानव तस्कर पक्राउ!
    • हरिशयनी एकादशी तथा तुलसी रोपण दिवस : धार्मिक, सांस्कृतिक र वातावरणीय चेतनाको पर्व
    • वीरगञ्जमा मोहरर्म कार्यक्रममा अनुमतिको द्वैधरुप! वीरगञ्जमा मोहरमको दिन कसले चलाउँछ राज्य ?" जिल्ला प्रशासन कि महानगर ?"
    • चर्चित पोर्चुगिज फुटबल स्टार डिएगो जोटा र उनका भाइको कार दुर्घटनामा निधन, पोर्चुगल शोकमा डुब्यो!
    • सशस्त्र प्रहरीको अराजकता: बीरगञ्ज भन्सारमा सर्वसाधारणको सामान लुटपाट, आफैंमा बाँडफाँड!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.