१८ भदौ २०८२, बुधवार / 03 September 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • देशलाई राजनीतिक अस्थिरताबाट जोगाउन जरुरी छ: उपेन्द्र यादव।

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today३ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA.

    रौतहट, पुस ३ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र र संघीयता विरोधी शक्तिका कारण देश अहिले राजनीतिक भुमरीमा फसेको बताएका छन् ।

    Ad
    Ad

    देशमा अहिले लोकतन्त्र, गणतन्त्र र संघीयता विरोधी शक्तिहरु सल्बलाउन थालेका कारण देश राजनीतिक दुर्घटना तर्फ धकेलिँदै गएको उनले बताएका छन् ।

    Ad
    Ad

    रौतहटको सदरमुकाम गौरमा रहेको उद्योग वाणिज्य संघको सभाहलमा आईतबार जनता समाजवादी पार्टी नेपाल रौतहटले आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै जसपा अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि देशमा गणतन्त्र विरोधी शक्तिहरु सल्बलाउन थालेकोले मधेश आन्दोलनको बलमा स्थापित संघीयता नै धरापमा पर्ने खतरा बढेको बताएका छन्।

    Ad

    संघीयता, लोकतन्त्र, गणतन्त्र तथा धर्म निरपेक्षता विरोधी केही शक्तिहरु निर्वाचनको माध्यमले संसदमा पहुंच बनाएकाले हजारौं मधेशी जनताको बलिदानको बलमा आएको गणतन्त्र कहीं धरापमा पर्ने त होइन भन्ने चिन्ता बढेको अध्यक्ष यादवले बताए ।
    लोकतन्त्र र गणतन्त्रको रक्षा जसपा बाहेक अरु कसैले गर्न नसक्ने बताउँदै उनले जसपा बिना राजनीतिक स्थिरता, सरकार निर्माण एवं जनताको समस्या समाधान हुन नसक्ने उनले धारणा राखे।

    आफूहरुले विगतका दिनमा गरेको मधेश जन विद्रोहको बलमा आएको लोकतन्त्र, गणतन्त्र र संघीयतालाई समाप्त पार्ने षड्यन्त्र भइरहेको बताउँदै उनले हजारौं मधेशी सपुतको सहादतको बलमा स्थापित संघीयतालाई आफूहरु कुनै हालतमा समाप्त हुन् नदिने बताए ।

    राजनीतिक अस्थिरताका कारण देश अहिले दिनप्रतिदिन दुर्घटना तर्फ धकेलिँदै गएको बताउँदै उनले देशलाई दुर्घटना बाट जोगाउन जसपाको काधमा ठूलो उनौती थपिएको बताए ।
    जसपा अध्यक्ष यादवले मंसिर ४ गते अघि पाँच दलीय गठबन्धनले जसपालाई समाप्त गर्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

    गठबन्धनले जसपालाई समाप्त पार्ने षड्यन्त्र गरेको भएपनि आफूले एमाले संग तालमेल गरेर समाप्त हुनबाट पार्टीलाई जोगाएको उनले बताए ।

    निर्वाचनमा गठबन्धन भित्रका दलले जसपालाई कम सिट दिएर आफूहरुलाई सिध्याउन खोजेको कारण आफूले नेकपा एमाले संग तालमेल गरी चुनाव लडेको उनले बताए ।

    विगतका दिनमा समेत आफुले नेतृत्व गरेको पार्टीहरूलाई विभिन्न देशी विदेशी शक्तिले समाप्त गर्न पटक पटक ठूलो षड्यन्त्र गर्नुका साथै पुरै ताकत लगाएको भएपनी आफूलाई कुनै फरक नपरेको बताउँदै उनले अहिले जसपा लाई समाप्त गर्न जसले जति षड्यन्त्र गरेपनि जसपा लाई कुनै फरक नपर्ने उनले बताए ।

    पाँच दलीय गठबन्धनबाट अलग भएकै कारण जसपा राष्ट्रिय पार्टी बन्न सफल भएको समेत उनले बताए ।

    एमाले संगको तालमेल पछि देशभरि गरी जसपा प्रतिनिधिसभा तर्फ ८१ र प्रदेशसभा तर्फ १४२ सिटमा लड्दा समानुपातिक मत बढी आएकोले जसपा राष्ट्रिय पार्टीको मान्यता प्राप्त गरेको उनले बताए ।

    उनले भने आफूहरु पनि गठबन्धनको चक्रव्युमा फसेको भए आफूहरुको पनि माधव कुमार नेपालको पार्टी जस्तो हालत हुन्थ्यो ।
    गठवन्धन न छाडेकै कारण माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न नसकेको उनले बताए ।

    चुनावमा केही सिट कम आउँदैमा जसपालाई कमजोर ठान्ने कुचेष्टा कसैलाई पनि नगर्न उनले चेतावनी दिए ।

    निर्वाचनको परिणाम सोचे जस्तो नआए पनि आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्न सफल हुनु नै सबभन्दा ठूलो उपलब्धि रहेकोले आफ्नो पार्टी कमजोर भयो भनी कसैलाई हतोसाहित नहुन पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई उनले आग्रह गरे ।
    कार्यक्रममा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा पार्टीको रौतहट जिल्ला कमिटीलाई भंग गरिएको छ।
    रौतहटमा जसपाको अवस्था निकै कमजोर रहेकोले नयाँ ढंगले नयाँ कमिटी गठन गर्नका लागि पुरानो कमिटीलाई विघटन गरी नयाँ तदर्थ समिति निर्माणका लागि छलफल सुरु भएको युवा नेता राजीव कुमार यादवले जानकारी दिएका छन्।

    ताजा सूचना

    • छिमेकीको घरमा वाइफाइ चलाउन गएकी १७ वर्षीया किशोरीमाथि बलात्कार, आरोपी फरार
    • सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्छ : राजेन्द्र महतो
    • सिन्धुलीमा सवारी दुर्घटनाःएक युकको मृत्यु,अर्काको अवस्था गम्भीर
    • आलोकनगरमा प्रचण्ड–माधव भेट: वाम एकता र समाजवादी मोर्चा सक्रियतामाथि छलफल
    • रसुवामा मोटरसाइकल दुर्घटना भई हराएका दुई युवकको शव फेला
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.