२३ असार २०८२, सोमबार / 07 July 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सरकारमा जान मधेशवादी दलको व्यग्रता

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today३ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad

     ४ पुस । मधेश मुद्दालाई लिएर स्थापित भएका तीन राजनीतिक दलहरु जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी सरकारमा सहभागी हुन व्यग्र देखिएको छ ।

    Ad
    Ad

    राष्ट्रपति विद्यादेवी भण्डारीले एक साता भित्र सरकार गठन गर्न दलहरुलाई परिपत्र गरेपछि यी तीनै मधेशवादी दलहरु सक्रिय भएको छ । हुनत यी दलहरुसँग नत कांग्रेसले कुनै छलफल गरेको छ नत नेकपा एमालेलेनै । पाँच दलीय गठबन्धन लोसपा मात्रै सहभागी छ । पाँच दलीय गठबन्धनको सरकार बने माओवादी केन्द्रको झुकाव जसपा तिर बढेका छन् भने कांग्रेसको झुकाव जनमत तिर देखिएको छ । जसपालाई सरकारमा सहभागी गराउँदा त्यसको प्रभाव केन्द्र, मधेश प्रदेश र प्रदेश १ मा समेत हुने भएकाले जनमत भन्दा जसपा पाँच दलीय गठबन्धनको रोजाइमा देखिएको छ । प्रदेश १ मा सरकार बनाउँदा एक प्रदेश सांसदले सरकार बन्ने भएकाले केन्द्रमा जसपालाई केही मन्त्री, मधेश प्रदेशका सरकारको नेतृत्व दिने तयारीमा कांग्रेस सभापति देउवा लागेका छन् । तर, छलफल भने दुबै दलभित्र हुन सकेको छैन् । मधेशका मुद्दा, माग र मधेशप्रति सकारात्मक हुने गठबन्धन तिर मधेशवादी दलहरु लाग्ने तीनै दलको भनाइ छ ।

    Ad

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारमा सहभागी हुन सकारात्मक रहेको बताए । पहिलो चोटी संघीय र प्रदेशको निर्वाचनमा भाग लिएका जनमत पार्टी सरकार बाहिर बस्नुपर्ने आम जनताको भनाइ छ भने जनताको माग सम्बोधन गराउनका लागि सरकारमा सहभागी हुनुपर्ने जनमत पार्टीका अध्यक्ष डा. राउतको भनाइ छ । ज्ञापनपत्र बुझाएर माग सम्बोधन नहुने बताउँदै उनले विगतमा भएको राजनीतिक उतारचढावले सिक्नु पर्ने भन्दै आफुहरु बाहेक सरकार बनाए स्पष्ट बहुमत हुन नसक्ने उनले दाबी गरे । उनले मधेश प्रदेशमा मुख्यमन्त्री र संघमा मन्त्रीहरुमा दाबी रहेको बताए ।

    जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले जसले मधेशका माग पूरा गर्छ उनीसँग सरकारमा सहभागी हुने बताएका छन् । एमाले गठबन्धनबाट बाहिरिएका जसपाका प्रवक्ता सुमनले संविधान संशोधन, निर्वाचन प्रणाली, शासकीय स्वरुपको विषयमा विगत देखि नै आफ्नो पार्टीको स्पष्ट धारणा रहेको र यी माग पूरा गर्नेहरुको साथमा आफूहरु बस्ने प्रतिक्रिया दिए । आफ्ना सिद्धान्तलाई कुर्सीको नजरले जसपा नहेर्ने बताउँदै उनले जसपा सरकारमा जान नभइ सरकारमा सहभागी गराउनेहरुको संख्या धेरै रहेको बताए । आपूmहरुको माग सम्बोधन गर्नेसँग मधेश प्रदेशको मुख्यमन्त्री र केन्द्रमा मन्त्रीहरुमा दाबी रहने उनले बताए ।

    लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले सरकारमा सहभागी हुनेबारे पार्टी भित्र छलफल नभएको बताएका छन् । उनले गठबन्धनको सरकारमा हामी सहभागी नै छौं, गठबन्धनको सरकार बने आफूहरुको माग पूरा भए सरकारमा सहभागी हुने बताए । अहिलेसम्म कुनै दलसँग छलफल नभएको बताउँदै उनले छलफल गर्न आउनेसँग प्याकेजमै छलफल हुने बताए । प्याकेज अन्तर्गत सहमतिमा लोसपाले राष्ट्रपतिमा पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति, मधेश प्रदेशमा मुख्यमन्त्री र केन्द्रमा मन्त्री पाउनुपर्ने लोसपाले तयारी थालेको छ । हुनत राष्ट्रपतिको विषयमा सोनलले केही बताउन चाहेन तर, लोसपाको आन्तरिक तयारी अनुसार यी मागहरु नै रहेको एक नेताले जानकारी दिए । तर, तीनवटै दलको नजर मधेश प्रदेशमै अड्किएको छ । जसपा, लोसपा र जनमतले दाबी गर्ने नै मधेश प्रदेशमा हो ।

    ताजा सूचना

    • गाजियाबादबाट नेपाल तर्फ बेच्न लागिएका दुई नाबालिग चेलीहरू एसएसबी र सामाजिक संस्था प्रयासको संयुक्त अपरेशनमा रक्सौलमै उद्धार, दुई मानव तस्कर पक्राउ!
    • हरिशयनी एकादशी तथा तुलसी रोपण दिवस : धार्मिक, सांस्कृतिक र वातावरणीय चेतनाको पर्व
    • वीरगञ्जमा मोहरर्म कार्यक्रममा अनुमतिको द्वैधरुप! वीरगञ्जमा मोहरमको दिन कसले चलाउँछ राज्य ?" जिल्ला प्रशासन कि महानगर ?"
    • चर्चित पोर्चुगिज फुटबल स्टार डिएगो जोटा र उनका भाइको कार दुर्घटनामा निधन, पोर्चुगल शोकमा डुब्यो!
    • सशस्त्र प्रहरीको अराजकता: बीरगञ्ज भन्सारमा सर्वसाधारणको सामान लुटपाट, आफैंमा बाँडफाँड!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.