२० भदौ २०८२, शुक्रबार / 05 September 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • परिस्थिति मिले एमालेले पनि सरकार बनाउन पहल गर्ने

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today३ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad

    काठमाण्डौ ,४ पुस । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट दोस्रो ठूलो दल बनेको नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउन आफूले कुनै पहल नगरेको जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ संविधानको धारा ७६ को उपधारा ९२० अनुसार नयाँ सरकार बनाउन प्रधानमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरे पनि एमालेले त्यसका लागि आफ्ना तर्फबाट कुनै पहल नभएको जनाएको हो।

    Ad
    Ad

    एमाले प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेले तत्काल सरकार गठनका लागि कुनै पहल नगरेको र वर्तमान सत्ता गठबन्धन दलहरूले नै पहल गर्ने भएकाले यो विषयमा मौन रहेको बताए। ‘ठुलो दल कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरिसकेको छ । तर अवस्था र परिस्थिति आए एमालेले पनि पहल गर्नेछ’, गुरुङले भने। यतिबेला वाम गठबन्धनको सरकार बनाउने चर्चा चलिरहे पनि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस) वर्तमान सत्ता गठबन्धनको सरकार बनाउनुपर्ने पक्षमा छ।

    Ad

    राष्ट्रपति भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरिसकेपछि नेकपा एस प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रधानमन्त्रीमा आफ्नो पार्टीको दाबी नभएकाले कांग्रेस र माओवादी केन्द्र दुईमध्ये एकले प्रधानमन्त्री लिएर सरकार बनाउनुपर्ने बताए।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

    ‘सरकार वर्तमान सत्ता गठबन्धन दलकै बन्छ, प्रधानमन्त्रीमा हाम्रो दाबी छैन। राष्ट्रपति वा सभामुखको विषय आए हामीले साथीहरूलाई पठाउनेछाैं। शक्ति सन्तुलनका हिसाबले कांग्रेसकै नेतृत्वमा सरकार बनाउँदा राम्रो हुन्छ, त्यसमा अन्य पदहरू मिलाउनुपर्छ’, खतिवडाले भने। नेकपा एसले शक्ति बाँडफाँटमा कांग्रेस र माओवादी केन्द्रबीच विवाद भए आफ्नो पार्टीले पनि सरकारको नेतृत्व गर्न सक्ने जनाएको छ।

    ताजा सूचना

    • जनताको पैसामा रजाई, पत्रकारलाई होच्याउने विश्रामपुर गाउपालिकको प्रशासकीय अधिकृत !
    • भीठामोड सीमानाकालाई पर्यटकमैत्री बनाउने तयारी भइरहेको मन्त्री कुशवाहाले जानकारी दिए।
    • वीरगञ्ज महानगरपालिकाद्वारा हैजा नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम
    • सुचिकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयप्रति काँग्रेस नेता उपाध्यायको आपत्ति
    • नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखा द्वारा ६३औं स्थापना दिवस सम्पन्न
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.