१९ जेठ २०८३, मंगलबार / 02 June 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नयाँ सरकार गठनका लागि चिनियाँ सक्रियता बढ्दो, वामपार्टीसँग राप्रपा जोडेर सरकार बनाउन दौडधूप

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today३ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

     काठमाडौं,३ पुस । नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चीफ अफ मिशन (डीसीएम) वाङ सीनले राजनीतिक दलका नेताहरुसँग सम्पर्क बढाएका छन् । उनले शुक्रबार एमाले महासचिव शंकर पोखरेल, माओवादीका नेता शक्ति बस्नेत र शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेको दाबी गरिएको छ । 

    Ad
    Ad
    Ad

    यद्यपि उनीहरुले यो विषयमा केही बोलेका छैनन् ।  ‘वाङले समय लिएको भन्ने सुनेको थिएँ, भेटघाट भयो होला’, माओवादी नेता बस्नेत निकट रहेका एक नेताले भने । 

    Ad
    Ad
    Ad
    Ad

    वामगठबन्धनको सरकार बन्ने चर्चा चलिरहेका बेला चिनियाँ दूतावासका अधिकारीहरुले राजनीतिक भेटघाट शुरु गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार दूतावासका अधिकारीहरुले शुक्रबार र शनिबार राजनीतिक दलका नेताहरुलाई भेटघाट गरेको भए पनि त्यो कुरा सार्वजनिक गरेका छैनन् । 

    उनीहरुले संसदमा दोस्रो ठूलो दल रहेको नेकपा एमाले र तेस्रो ठूलो दल बनेको माओवादीका नेताहरुलाई एक ठाउँमा राखेर सरकार बनाउने प्रयास गरिरहेका छन् । 

    त्यसैगरी एमालेसँग सहकार्य गरेको राप्रपालाई पनि नजिक राख्न खोजेको स्रोतको दाबी छ । प्रतिनिधिसभा निर्वाचनमा १४ सिट जितेको राप्रपा अध्यक्ष लिङ्देनसँग डीसीएम वाङ सीङले सत्ता समीकरणबारे चासो राखेको स्रोतको दाबी छ । 

    यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले एमाले अध्यक्षसँग भेटघाट गरिरहेका बेला सोही पार्टीका प्रवक्ता मुकुल ढकालले पनि शनिबार भारतीय दूतावासका अधिकारीहरुसँग भेटघाट गरेको स्रोतको दाबी छ । 

    ढकालले राजदूतावासका राजनीतिक डेस्क चिफ प्रसन्न श्रीवास्तव र भारतीय खुफिया एजेन्सी रअका नेपाल प्रमुख राघवप्रसाद भट्नागरसँग भेटघाट गरेका थिए । लामिछानेको पार्टीले सरकार जाने रहर गरिरहेको छ ।

    ताजा सूचना

    • वीरगन्जमा 'हिन्दू राष्ट्र र संविधान संशोधन' सम्बन्धी विचार गोष्ठी सम्पन्न
    • निवर्तमान नेतृत्वले कागजात र हरहिसाब नबुझाई तालाबन्दी गरेकोमा पत्रकार महासंघ पर्साको गम्भीर आपत्ति
    • मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन
    • बन्धक बनाउने खेलका विरुद्ध ४० पत्रकार मैदानमा; ३ दिने अल्टिमेटमसहित बुझाए मागपत्र
    • विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण;
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.