४ पुष २०८२, शुक्रबार / 19 December 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मधेस प्रदेशको प्रदेशसभामा पनि ज्येष्ठ सदस्यको समस्या

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

     पुस ३ । केन्द्रमा जस्तै प्रदेशमा पनि प्रदेश सभाको ज्येष्ठ सदस्यको समस्या उत्पन्न भएको छ । सभामुख नभएको अवस्थामा ज्येष्ठ सदस्यले सांसदहरुलाई सपथ खुवाउने चलन छ ।  मधेस प्रदेशमा पनि कसलाई ज्येष्ठ सदस्य मान्ने विषयमा अन्योल भएपछि प्रदेश सभा सचिवालयले निर्वाचन आयोगलाई पत्र लेख्ने भएको छ ।

    Ad
    Ad
    Ad

    अरु अरु स्रोतबाट उमेर हद हेरेर ज्येष्ठ सदस्य मिलाउन सकिन्छ । तर त्यो आधिकारिक हुँदैन । आधिकारिकताका लागि आयोगलाई पत्र लेख्न लागेको उनले बताए । प्रदेश सभामा रहेका १०७ जना सदस्यको उमेर खुलाएर पठाई दियो भने आफूहरुलाई उमेरका आधारमा ज्येष्ठ सदस्य चयन गर्ने सजिलो हुने उनले बताए ।

    Ad
    Ad
    Ad
    Ad

    ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखलाई र ज्येष्ठ सदस्यले अन्य सांसदलाई सपथ खुवाउने गरिन्छ । प्रत्यक्ष र समानुपातिक सदस्य गरी मधेस प्रदेशको प्रदेश सभामा १०७ जना सदस्य रहेका छन् । १०७ जना सदस्यहरु विभिन्न १० वटा दलबाट चुनिएर आएका छन् ।

    दश दलमध्ये एमालेले प्रत्यक्षमा १५ र समानुपातिक आठ गरी २३ सिट, कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा नौ गरी २२, जनता समाजवादी पार्टी प्रत्यक्षमा नौ र समानुपातिकमा सात गरी १६ र जनमत पार्टी प्रत्यक्षमा छ र समानुपातिकमा सात गरी १३, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रत्यक्षमा सात र समानुपातिकमा दुई गरी नौ, माओवादी केन्द्रले प्रत्यक्षमा चार र समानुपातिकमा चार गरी आठ तथा नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा चार र समानुपातिकमा तीन गरी ७ सिट प्राप्त गरेका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा १–१ सिट प्राप्त गरेका छन् भने छजना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

    ताजा सूचना

    • पाब्सन जुनियर क्रिकेट प्रतियोगिता : पाँच खेल सम्पन्न, रोमाञ्चक नतिजा
    • इन्जिनियर रामेश्वर यादव संलग्न परिवारभित्रै गर्भहत्या काण्ड : दिदी–बहिनीको कुटपिटबाट गर्भपतन, पर्सा अदालतको कैद फैसला — दोषी अझै फरार
    • पर्सा काण्ड: ज्वाइँ वीरेन्द्र यादवमाथि ससुरालीको सम्पत्तिमा लोभका कारण पारिवारिक हिंसा निम्त्याएको आरोप, सोही प्रकरणमा श्रीमती सुनिता यादव अदालतबाट दोषी ठहर, अभियुक्त फरार
    • १७६ किलो गाँजासहित पर्सा प्रहरीको ठूलो सफलता, लागुऔषध तस्करीविरुद्ध कडा एक्सन
    • सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न: बिधासागर माविले उपाधि जित्यो
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.