२३ असार २०८२, सोमबार / 07 July 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सरकार गठन गर्न साना दल फकाउँदै एमाले

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad

     काठमाडौं,३ पुस । आगामी सरकार गठनवारे नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आन्तरिक छलफल गरिरहेको छ । निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेपछि राजनीतिक दल आगामी सरकार गठनका लागि भेटघाट एवं छलफललाई तीव्रता दिएका छन् ।

    Ad
    Ad

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङसँग चार दिनअघि छलफल गरे एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेसँग भेटघाट गरेका छन् ।

    Ad

    शुक्रबार राति ओली निवास बालकोटमा आगामी सरकार गठन’bout छलफल भएको हो । सत्तारूढ गठबन्धनसँग स्पष्ट बहुमत नभएको अवस्थामा साना दलको समर्थनमा सरकार गठनका लागि एमालेले छलफल थालेको हो । रास्वपासँग २० सिट छ ।

    नेपाली कांग्रेस र एमाले दुवै दलसँग समानान्तर छलफलमा रहेको माओवादी केन्द्रसँग अहिले स्पष्ट अडान छैन । प्रधानमन्त्री बन्ने दौडमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस वा एमाले जुन दलसँग पनि मिलेर अगाडि बढ्ने रणनीतिमा छन् ।

    अगामी सरकारको नेतृत्व जसरी पनि गर्न पाउँने योजनामा रहेका प्रचण्डलाई एमालेले फकाउँदै छ । एमालेले माओवादीसहित साना दलसँग मिलेर नयाँ गठबन्धन बनाउने योजनामा छ । प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मुख्यमन्त्री, प्रदेश प्रमुखलगायतका महŒवपूर्ण पदमा भागबन्डा गरेर नयाँ गठन निर्माणका लागि एमाले अगाडि बढेको हो ।

    रास्वपाका अध्यक्ष लामिछानेसँगको छलफलकवारे एमालेले बाहिर केही जानकारी गराएको छैन । तर, एमाले उपाध्यक्ष विष्णु पौडेलले आफूहरू प्रतिपक्षमा बस्ने बताउँदै सरकार निर्माणको दौडमा नरहेको दाबी गरेका छन् ।

    शनिबार एमाले पर्वत–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘एमाले अहिले सरकारमा जाँदैन, बरु प्रतिपक्षमा बसेर काम गर्छ ।’

    उनले पाँच दलीय गठबन्धनले एमालेलाई चौतर्फी घेराबन्दी गर्दा पनि एमालेले जनताबीचबाट राम्रो मत पाएको बताउँदै सरकार निर्माणको दौडमा नरहेको बताए ।

    प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमाले र कांग्रेस दुवै दलले गठबन्धन गरेर निर्वाचनमा सहभागी थियो । तर, निर्वाचनबाट कुनै पनि गठबन्धनले सरकार निर्माणका लागि स्पष्ट बहुमत पाउन सकेन । सरकार निर्माणका लागि १३८ सिट आवश्यक पर्छ । दुवै गठबन्धनको बहुमत नपुगेपछि साना दल र स्वतन्त्र सांसदहरू सरकार गठनका लागि निर्णायक बनेका छन् ।

    प्रधानमन्त्री बन्ने दौडमा रहेका प्रचण्डका साथै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीसहितका शीर्ष नेताले अहिले विभिन्न साना दलसँग निरन्तर छलफलमा रहेका छन् ।

    ताजा सूचना

    • गाजियाबादबाट नेपाल तर्फ बेच्न लागिएका दुई नाबालिग चेलीहरू एसएसबी र सामाजिक संस्था प्रयासको संयुक्त अपरेशनमा रक्सौलमै उद्धार, दुई मानव तस्कर पक्राउ!
    • हरिशयनी एकादशी तथा तुलसी रोपण दिवस : धार्मिक, सांस्कृतिक र वातावरणीय चेतनाको पर्व
    • वीरगञ्जमा मोहरर्म कार्यक्रममा अनुमतिको द्वैधरुप! वीरगञ्जमा मोहरमको दिन कसले चलाउँछ राज्य ?" जिल्ला प्रशासन कि महानगर ?"
    • चर्चित पोर्चुगिज फुटबल स्टार डिएगो जोटा र उनका भाइको कार दुर्घटनामा निधन, पोर्चुगल शोकमा डुब्यो!
    • सशस्त्र प्रहरीको अराजकता: बीरगञ्ज भन्सारमा सर्वसाधारणको सामान लुटपाट, आफैंमा बाँडफाँड!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.