१६ आश्विन २०८३, शुक्रबार / 02 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • संसद्‌मा मौन बस्ने सांसदभन्दा चुनाव हार्नु ठिक : खुश्बु ओली

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today१६ आश्विन २०८३

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृ खुश्बु ओलीले जनसरोकारका विषयमा संसद्‌मा आवाज उठाउन नसक्ने तर सामाजिक सञ्जालमा भने क्रान्तिकारी देखिने सांसदहरूको प्रवृत्तिमाथि प्रश्न उठाएकी छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले संसद् जनताका समस्या, सरकारका कामकारबाही तथा राजनीतिक विषयमा प्रश्न उठाउने प्रमुख थलो भएको बताइन्। उनले संसद्‌मा बोल्ने अवसर पाउँदा मौन बस्ने तर सामाजिक सञ्जालमार्फत मात्र अभिव्यक्ति दिने प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा राखिन्। उनले सत्तापक्षका सांसदहरूले आफ्नै सरकारका कामकारबाहीमाथि समेत प्रश्न उठाउन सक्नुपर्ने बताइन्।

    Ad
    Ad
    Ad

    उनका अनुसार सांसदको मुख्य जिम्मेवारी संसद्‌मा जनताको आवाज उठाउनु हो, सामाजिक सञ्जालमा मात्र अभिव्यक्ति दिनु होइन। ओलीले भनिन्, “मिडिया हाउस अगाडि गाडी तेर्साउँदा चुप रहने, राजनीतिक नियुक्तिमा भेदभाव हुँदा चुप रहने अनि चोलेन्द्र शमशेर प्रकरणमा पनि मौनता साँध्ने?” उनले संसद्‌मा प्रश्न उठाउन नसक्ने सांसदले फेसबुकमा जतिसुकै ठूलो कुरा गरे पनि त्यसले जनताको वास्तविक आवाजलाई प्रतिनिधित्व गर्न नसक्ने बताइन्।

    Ad
    Ad
    Ad

    “संसद् प्रश्न उठाउने ठाउँ हो। संसद्‌मा आवाज उठाउन नसक्नेले फेसबुकमा जतिसुकै ठूलो कुरा गरे पनि त्यो जनताको आवाज बन्दैन,” ओलीको भनाइ थियो। उनले जनताको पक्षमा संसद्‌मा प्रभावकारी रूपमा प्रस्तुत हुन नसक्ने सांसद हुनुभन्दा चुनाव हार्नु नै उचित हुने टिप्पणीसमेत गरिन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • संसद्‌मा मौन बस्ने सांसदभन्दा चुनाव हार्नु ठिक : खुश्बु ओली
    • हिन्दू पत्रकार सङ्घ नेपालको बैठक वीरगञ्जमा सम्पन्न: संस्था शुद्धीकरण र कार्यालय स्थापना गर्ने निर्णय
    • वीरगन्ज महानगरपालिकाको विशेष नगरसभा कांग्रेसद्वारा बहिष्कार: उपमेयरसहितका जनप्रतिनिधि अनुपस्थित
    • वीरगञ्ज स्कुल अफ लद्वारा ११औँ संविधान दिवसमा दीप प्रज्वलन
    • वीरगञ्जमा सनातन हिन्दू मोर्चाद्वारा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.