२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विधान मिचेर सम्झौता हुँदैन : १११ सदस्य समायोजन र सदस्यता विवादमा गगनको कडा अडान

    • रुस्तम देवान रुस्तम देवान
    • today२२ असार २०८३

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र उठिरहेको १११ केन्द्रीय सदस्य समायोजन र क्रियाशील सदस्यता अध्यावधिक नगर्ने मागप्रति कडा असहमति जनाएका छन्। संगठन जनसम्पर्क समिति जापानको अधिवेशनलाई भर्चुअल सम्बोधन गर्दै उनले पार्टी विधानविपरीत कुनै पनि निर्णय आफूबाट हुन नसक्ने स्पष्ट पारे। थापाले १४औँ महाधिवेशनपछि बनेको नयाँ केन्द्रीय समिति नै वैधानिक र सबैको साझा समिति भएको उल्लेख गर्दै अघिल्लो कार्यसमितिका १११ जनालाई पुनः

    Ad
    Ad
    Ad

    समायोजन गर्ने माग विधानले अनुमति नदिने बताए। उनले क्रियाशील सदस्यताको अध्यावधिक प्रक्रिया रोक्नु पनि पार्टीको विधि, प्रणाली र लोकतान्त्रिक अभ्यासविपरीत हुने धारणा राखे। उनले भने, "विधानले नदिएको अधिकार प्रयोग गरेर निर्णय गर्न सकिँदैन। पार्टी विधि र नियमबाट चल्नुपर्छ, व्यक्तिको इच्छाबाट होइन यद्यपि, १५औँ महाधिवेशनलाई सबै पक्षले अपनत्व महसुस गर्ने गरी सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको उनले बताए।

    Ad
    Ad
    Ad

    सदस्यता छानबिन, निर्वाचन, अनुशासन र महाधिवेशन व्यवस्थापनलगायतका समितिमा संस्थापनइतर समूहलाई समेत सम्मानजनक सहभागिता गराउन आफू तयार रहेको उनको भनाइ छ। कांग्रेसभित्र देउवा र डा. शेखर कोइराला पक्षले १११ केन्द्रीय सदस्य समायोजन तथा सदस्यता अध्यावधिक अनिवार्य नगर्नुपर्ने माग राख्दै आएका बेला गगन थापाको यो अभिव्यक्तिलाई आगामी महाधिवेशनको शक्ति–सन्तुलनसँग जोडेर अर्थपूर्ण रूपमा हेरिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.