२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बालुवाटारमा सिधै धारा पानी पिउने व्यवस्था, प्लास्टिक बोत्तल प्रयोग बन्द गर्न प्रधानमन्त्रीको निर्देशन

    • रुस्तम देवान रुस्तम देवान
    • today६ असार २०८३

    बालुवाटारमा लम्चीको पानी सिधै पिउन मिल्ने व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन, प्लास्टिक बोत्तल प्रयोगमा रोक काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा लम्चीको पानी सिधै पिउन मिल्ने गरी आधुनिक धारा तथा वितरण प्रणाली व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री शाहले स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानीको पहुँच सुनिश्चित गर्दै सरकारी कार्यालय तथा निवासमा वातावरणमैत्री अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

    Ad
    Ad
    Ad

    सोही अनुसार बालुवाटारमा खानेपानीको गुणस्तर परीक्षण, शुद्धीकरण तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने तयारी गरिएको छ। यसैबीच, प्रधानमन्त्रीले सरकारी कार्यक्रम, बैठक तथा औपचारिक समारोहहरूमा प्लास्टिकजन्य पानीका बोत्तलको प्रयोग नगर्न स्पष्ट निर्देशन दिएका छन्। उनले एकपटक प्रयोग गरेर फालिने प्लास्टिकजन्य सामग्रीले वातावरणमा दीर्घकालीन नकारात्मक असर पार्ने भएकाले यसको प्रयोग न्यूनीकरण गर्न आवश्यक रहेको उल्लेख गरेका छन्।

    Ad
    Ad
    Ad

    प्रधानमन्त्रीको यो कदमलाई वातावरण संरक्षण, प्लास्टिक प्रदूषण नियन्त्रण तथा दिगो विकासको लक्ष्यसँग जोडेर हेरिएको छ। सरकारी निकायहरूलाई पुनः प्रयोग गर्न मिल्ने भाँडा, पानी डिस्पेन्सर तथा वातावरणमैत्री विकल्पहरूको प्रयोग बढाउन समेत आग्रह गरिएको छ। सरकारले वातावरण संरक्षण र स्वच्छ खानेपानी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सार्वजनिक निकायहरूमा हरित अभ्यासलाई विस्तार गर्ने नीति अघि बढाएको जनाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.