२७ आश्विन २०८२, सोमबार / 13 October 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मुख्यमन्त्री सिंहसँग मतभेदपछि जनमतका सांसदहरू विपक्षी बेन्चमा

    • बिशाल यादब बिशाल यादब
    • today७ आश्विन २०८२

    ७ असोज, जनकपुरधाम । मुख्यमन्त्री सतिशकुमार सिंहसँगको मतभेदपछि असन्तुष्ट बनेका जनमतका सांसदहरू विपक्षी बेन्चमा बसेका हुन् । मधेश प्रदेश सरकारको नेतृत्व गरेको जनमत पार्टी सदनमा प्रतिपक्ष बेन्चमा बस्न सुरु गरेको छ ।मुख्यमन्त्री सतिशकुमार सिंहसँगको मतभेदपछि असन्तुष्ट बनेका जनमतका सांसदहरू विपक्षी बेन्चमा बसेका हुन् ।जेनजी आन्दोलनको क्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामा घोषणा गरेका थिए ।

    Ad
    Ad

    तर, पछि उनले राजीनामा नदिने अडान लिएपछि जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्रीसहित दुई मन्त्रीलाई फिर्ता बोलाएको थियो ।

    Ad
    Ad

    जनमतले प्रदेश सभामुख रामचन्द्र मण्डललाई ३१ भदौमा सरकारलाई गरेको समर्थन फिर्ता लिएको पत्र समेत पठाएको थियो । सोही पत्रका आधारमा जनमतका सांसदलाई प्रतिपक्षी बेन्चमा बस्ने व्यवस्था समेत मिलाइएको थियो ।

    Ad

    यद्यपि मुख्यमन्त्री सतिशकुमार सिंह भने सत्ताकै कित्तामा बसेका थिए ।

    ‘जेनजीको आन्दोलनको क्रममा मुख्यमन्त्रीले फेसबुकबाट राजीनामा घोषणा गरिसक्नुभएको छ।  जनमत पार्टीका दुई मन्त्रीले राजीनामा पनि गरिसक्नु भएको छ । आफ्ना मुख्यमन्त्री र दुई मन्त्रीलाई फिर्ता बोलाइसकेको पत्र प्रदेश सभामा बुझाइसकेका छौं । हामी स्पष्ट पार्न चाहन्छौं, हामी विपक्षी दलको बेन्चमा छौं’ जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले भने ।

     

    उनले मुख्यमन्त्री सिंहलाई लक्षित गर्दै जनमत संघीयता विरोधी रहेको भनेर भन्न थालेको भन्दै आक्रोश व्यक्त गरे ।जेनजी आन्दोलनको क्रममा आगजनीका कारणले जलेको मधेश प्रदेश सभा भवनमै आज बैठक बसेको थियो ।जेनतेन मर्मत सम्भार र कुर्सीहरू राखेर प्रदेशसभा बैठक आजदेखि सुरु गरिएको हो ।आजको बैठकमा देशको पछिल्लो घटनाक्रमलाई लिएर संघीयता सबलीकरणमाथि दलका प्रतिनिधिहरूले आफ्ना धारणा राखेका थिए ।

     

    सो क्रममा मुख्यमन्त्री सिंहले आफूले संघीयता बचाउनकै लागि फेसबुकमा राजीनामा घोषणा गरेको बताए ।आफूले विज्ञहरूको सल्लाह-सुझाव अनुसार राजीनामा नदिएको मुख्यमन्त्री सिंहको तर्क छ ।उनले आफूले सदन फेस गर्ने कुरा पहिले नै स्पष्ट पारिसकेको समेत बताए ।बैठकमा सांसदहरूले संघीयता लोकतन्त्र गणतन्त्रको रक्षा गर्नुपर्ने र त्यसकका लागि कुनै पनि कदम चाल्न आफूहरू तयार रहेको बताएका थिए ।

    ताजा सूचना

    • मधेस प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीको राजीनामा
    • प्रहरीद्वारा राष्ट्रसेवा कि राशनसेवा ? सशस्त्रका ‘मित्र व्यापारी’ विकास साहलाई धन्यवाद !
    • बैंकिङ ठगी प्रकरणमा शिव कुमार साह तेली पक्राउ, वीरगञ्जबाट नियन्त्रणमा
    • मकवानपुर प्रहरीद्वारा लाखौको पटाका सहित दुई जना पक्राउ, मधेस प्रदेशमा तस्करीको भण्डाफोर
    • चाडपर्व सुरक्षा र निर्वाचनको पूर्व तयारीमा जुट्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको निर्देशन:
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.