१९ फाल्गुन २०८२, मंगलबार / 03 March 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मुख्यमन्त्री सिंहसँग मतभेदपछि जनमतका सांसदहरू विपक्षी बेन्चमा

    • बिशाल यादब बिशाल यादब
    • today७ आश्विन २०८२

    ७ असोज, जनकपुरधाम । मुख्यमन्त्री सतिशकुमार सिंहसँगको मतभेदपछि असन्तुष्ट बनेका जनमतका सांसदहरू विपक्षी बेन्चमा बसेका हुन् । मधेश प्रदेश सरकारको नेतृत्व गरेको जनमत पार्टी सदनमा प्रतिपक्ष बेन्चमा बस्न सुरु गरेको छ ।मुख्यमन्त्री सतिशकुमार सिंहसँगको मतभेदपछि असन्तुष्ट बनेका जनमतका सांसदहरू विपक्षी बेन्चमा बसेका हुन् ।जेनजी आन्दोलनको क्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामा घोषणा गरेका थिए ।

    Ad
    Ad
    Ad

    तर, पछि उनले राजीनामा नदिने अडान लिएपछि जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्रीसहित दुई मन्त्रीलाई फिर्ता बोलाएको थियो ।

    Ad
    Ad
    Ad

    जनमतले प्रदेश सभामुख रामचन्द्र मण्डललाई ३१ भदौमा सरकारलाई गरेको समर्थन फिर्ता लिएको पत्र समेत पठाएको थियो । सोही पत्रका आधारमा जनमतका सांसदलाई प्रतिपक्षी बेन्चमा बस्ने व्यवस्था समेत मिलाइएको थियो ।

    Ad
    Ad
    Ad
    Ad

    यद्यपि मुख्यमन्त्री सतिशकुमार सिंह भने सत्ताकै कित्तामा बसेका थिए ।

    ‘जेनजीको आन्दोलनको क्रममा मुख्यमन्त्रीले फेसबुकबाट राजीनामा घोषणा गरिसक्नुभएको छ।  जनमत पार्टीका दुई मन्त्रीले राजीनामा पनि गरिसक्नु भएको छ । आफ्ना मुख्यमन्त्री र दुई मन्त्रीलाई फिर्ता बोलाइसकेको पत्र प्रदेश सभामा बुझाइसकेका छौं । हामी स्पष्ट पार्न चाहन्छौं, हामी विपक्षी दलको बेन्चमा छौं’ जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले भने ।

     

    उनले मुख्यमन्त्री सिंहलाई लक्षित गर्दै जनमत संघीयता विरोधी रहेको भनेर भन्न थालेको भन्दै आक्रोश व्यक्त गरे ।जेनजी आन्दोलनको क्रममा आगजनीका कारणले जलेको मधेश प्रदेश सभा भवनमै आज बैठक बसेको थियो ।जेनतेन मर्मत सम्भार र कुर्सीहरू राखेर प्रदेशसभा बैठक आजदेखि सुरु गरिएको हो ।आजको बैठकमा देशको पछिल्लो घटनाक्रमलाई लिएर संघीयता सबलीकरणमाथि दलका प्रतिनिधिहरूले आफ्ना धारणा राखेका थिए ।

     

    सो क्रममा मुख्यमन्त्री सिंहले आफूले संघीयता बचाउनकै लागि फेसबुकमा राजीनामा घोषणा गरेको बताए ।आफूले विज्ञहरूको सल्लाह-सुझाव अनुसार राजीनामा नदिएको मुख्यमन्त्री सिंहको तर्क छ ।उनले आफूले सदन फेस गर्ने कुरा पहिले नै स्पष्ट पारिसकेको समेत बताए ।बैठकमा सांसदहरूले संघीयता लोकतन्त्र गणतन्त्रको रक्षा गर्नुपर्ने र त्यसकका लागि कुनै पनि कदम चाल्न आफूहरू तयार रहेको बताएका थिए ।

    ताजा सूचना

    • निजी शिक्षामा एकताको सन्देश सरोज चौधरी र राहुल श्रीवास्तवको नेतृत्वमा होली मिलनबाट उठ्यो सहकार्य र गुणस्तर सुधारको आवाज
    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.