१६ मंसिर २०८२, मंगलबार / 02 December 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ओली नेतृत्वको कूटनीतिक असफलताले देशमा आन्दोलन भयो – जसपा नेपाल

    • राजु कुशवाहा राजु कुशवाहा
    • today७ आश्विन २०८२

    काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कूटनीतिक असफलताका कारण देशमा आन्दोलनको अवस्था सिर्जना भएको निष्कर्ष निकालेको छ । 

    Ad
    Ad
    Ad

    भदौ ५ गते बसेको कार्यकारिणी समितिको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै जसपा नेपालले ‘ओली नेतृत्वको कांग्रेस र एमाले सरकारले नेपालको भू–राजनीतिक अवस्था र छिमेकी मित्र राष्ट्रहरूप्रतिको संवेदनशीलतालाई बुुझ्न नसक्नु कूटनीतिक असफलता’ भएको ठहर गरेको हो । 

    Ad
    Ad
    Ad

    पार्टी महासचिव लालबाबु राउतले सार्वजनिक गरेको निर्णयमा भनिएको छ, ‘लोकतन्त्रको स्थान दलतन्त्र, नेतातन्त्र र गुटतन्त्रले लिन थालेपछि मुलुकको अवस्था झन् जटिल, दिशाहीन र अन्योलपूर्ण हुन पुगेको छ । ओली नेतृत्वको कांग्रेस र एमाले सरकारले नेपालको भू–राजनीतिक अवस्था र छिमेकी मित्र राष्ट्रहरूप्रतिको संवेदनशीलतालाई बुुझ्न नसक्नु कूटनीतिक असफलता हो ।’

    Ad
    Ad
    Ad
    Ad

    साथै ओली नेतृत्वको सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय लोकतन्त्र र व्यक्ति स्वतन्त्रताको प्रतिकूल रहेको उल्लेख गर्दै जसपा नेपालले युवा आक्रोशित भएका उल्लेख गरेको छ । र त्यसैको नतिजा २३ र २४ को आन्दोलन भएको ठहर गरिको छ ।

    कांग्रेस र कम्युनिष्ट सारकारकै समय देशमा महँगी, गरिबी, बेरोजगारी, भ्रष्टाचार, लुटतन्त्र, बिचौलियाको चलखेल व्यापक रूपमा फैलिएको उल्लेख गर्दै महासचिव राउतले जनतामा सरकार, राजनीतिक दल र नेतृत्व वर्गप्रति नै व्यापक असन्तुष्टि फैलिएको बताएका छन् । 

    कांग्रेस–कम्युनिष्ट सरकारकै पालामा एनसेल, वाइडबडी, यती, ओम्नी, बुढीगण्डकी, सुनकाण्डलगायत थुप्रै भ्रष्टाचारका काण्डहरू चर्चामा आएकाले जनतामा असन्तुष्टि बढेको र त्यसकै परिणाम अहिले देखिएको पनि जसपा नेपालले निष्कर्ष निकालेको छ ।  

    जेनजीका पुस्ताका माग आफ्नो पार्टीले पहिल्यैदेखि उठाउँदै आएको पनि महासचिव राउतले दाबी गरेका छन् । माग र मुद्दा मिल्दोजुल्दो भएकाले पार्टीले ती माग र मुद्दा सम्बोधन गराउन आवश्यक प्रयास पनि गरिरहने प्रतिबद्धता जनाएका छन् ।

    ताजा सूचना

    • अफ्ताब आलमले १३औँ कोरियन एम्बेसेडर इन्टरनेशनल तेक्वान्डो च्याम्पियनशिप–२०२५ मा ५४ के.जी. तौल समूहमा स्वर्ण पदक जिते
    • लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानअन्तर्गत लागुऔषध जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • विद्यालय क्रिकेट कप 2082 बाल एकता र ग्रीन ल्यान्डको दमदार प्रदर्शन, फाइनलमा भिडन्त भोलि
    • पर्सा प्रहरीले ठूलो सफलता : लागूऔषध गाञ्जा १०४ केजी ३२५ ग्राम सहित दुईजना पक्राउ, सवारी साधन पनि बरामद
    • लघुवित्त तथा वित्तीय शोषणविरुद्ध पीडितहरूको बिरगंजमा ठूलो प्रदर्शन, नेपाल राष्ट्र बैंकमा उजुरी दर्ता
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.