२ कार्तिक २०८२, आइतबार / 19 October 2025, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विशेष महाधिवेशनमा जाने प्रचण्डको प्रस्तावले नेकपासँग एकता अन्योलमा

    • बिशाल यादब बिशाल यादब
    • today७ आश्विन २०८२

    काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबिच हुने भनिएको एकता सम्बन्धमा अन्योलता देखिएको छ ।

    Ad
    Ad

    असोज ५ गते बसेको माओवादीको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति विघटन गरी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेपछि एकता प्रक्रिया अन्योल देखिएको हो ।

    Ad
    Ad

    भदौ २३ र २४ गते जेनजीको विद्रोहका कारण राजनीति नै उथलपुथल भएपछि प्रचण्डले नयाँ शिराबाट पार्टी पुनर्गठन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

    Ad

    प्रचण्डको प्रस्तावलाई बुधबार बस्ने स्थायी समिति बैठकले अन्तिम रूप दिनेछ । बिहीबार केन्द्रीय समिति बैठकमा पेस हुनेछ । यद्यपि केन्द्रीय समिति विघटन भएपनि नेकपा लगायत कम्युनिस्ट घटकसँग एकता गर्ने निर्णय प्रभावित नहुने उपमहासचिव हरिबोल गजुरेलले बताएका छन् ।

    ‘केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तरण गरेपनि एकता प्रक्रिया प्रभावित हुँदैन । जेनजी विद्रोहपछि देशमा विशेष परिस्थिति देखा परेको छ । उनीहरूको भावनालाई समेत सम्बोधन हुने गरी विशेष महाधिवेशनमा जाने प्रस्ताव आएको हो’, उनले भने, ‘यही कारणले एकता प्रक्रिया अवरोध हुने म ठान्दिन । दुवै पक्ष तयार भएका महाधिवेशनअघि पनि एकता हुनसक्छ । एकता महाधिवेशन अहिले सम्भव छैन । अहिले सम्भव नभए महाधिवेशनपछि पनि अगाडि बढाउन सकिन्छ ।’

    साउन १९ गते सम्पन्न माओवादीको स्थायी समिति बैठकले नेकपा लगायत विचार मिल्ने कम्युनिस्ट घटकसँग एकता गर्ने निर्णय गरेको थियो । पछिल्लो पदाधिकारी बैठकमा नेतृत्वले पद छोड्नुपर्ने दबाब बढिरहेको बेला पार्टी एकता सङ्कटमा परेको छ ।

    यता नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्य वार्ता टोली गठन गरिसकेको छ । भदौ २३ देखि २६ सम्म बसेको केन्द्रीय समिति बैठकले माओवादी लगायत अन्य कम्युनिस्ट घटकसँग एकता गर्ने निर्णय गरेको थियो ।

    आगामी फागुनमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको विश्वकर्माले जानकारी दिए । माओवादी विशेष महाधिवेशनमा जाने प्रस्ताव उनीहरूको आन्तरिक विषय भएको भन्दै त्यसले एकतामा कुनै प्रभाव नपर्ने बताए ।

    ‘हामीले माओवादीसँग मात्र एकता गर्ने भनिएको होइन । नयाँ अध्यायबाट नेकपाकै नेतृत्वमा कम्युनिस्ट केन्द्र बनाउने निर्णय भएको हो । महाधिवेशनमा जाने उनीहरूको आन्तरिक विषय हो । तत्काल पार्टी एकताको सम्भावना देखिँदैन’, उनले भने ।

    विश्वकर्माले पनि एकता महाधिवेशन सम्भव नभएको बताएका छन् । नेकपा आफै महाधिवेशनमा जाने भनिएकाले एकता महाधिवेशन सम्भावना नभएको जिकिर गरे । 

    यद्यपि माओवादी नेतृत्वले आफूहरू विशेष महाधिवेशनमा जान लागिएको जानकारी गराएको र त्यसका लागि शुभकामना दिएको उनले बताए । 

    ताजा सूचना

    • आईज नेपालको चौथो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न
    • वीरगंजमा पहिलो कायस्थ सुपर सिक्स नॉकआउट प्रतियोगिता हुने
    • बारा - फेटा गाउँपालिका भरि हैजाविरुद्ध खोप अभियान जारी — हालसम्म १० हजार ३२६ जनाले लगाए खोप”
    • बीरगञ्जमा७०औं प्रहरी दिवसको अवसरमा वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न
    • पर्सामा जनमत पार्टीको सक्रियता तीव्र, टोल–टोलमा ‘जेन्जी जनमत संघ’ गठन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.