४ बैशाख २०८३, शुक्रबार / 17 April 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वैदिक हिन्दू अधिराज्य स्थापनाका आन्दोलन गर्ने प्रसाईंको घोषणा, अहिलेको सरकार जेन-जीको नभएको दाबी

    • बिशाल यादब बिशाल यादब
    • today७ आश्विन २०८२

    काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले जेवैदिक हिन्दू अधिराज्य स्थापनाका लागि आन्दोलन शुरू गर्ने घोषणा गरेका छन्।

    Ad
    Ad
    Ad

    मंगलबार पत्रकार सम्मेलन गर्दै प्रसाईँले दसैं, तिहार र छठपछि नेपालमा वैद्धिक सनातन हिन्दु राष्ट्र कायम नगरी अबको आन्दोलन नरोकिने बताएका हुन्। त्यो आन्दोलनको नेतृत्व आफूले गर्ने पनि उनले उद्घोष गरे ।

    Ad
    Ad
    Ad

    ‘वैदिक हिन्दू अधिराज्य स्थापनाका लागि आन्दोलन गर्छौं, किरात र बौद्धलाई समेत समेटेर वैदिक हिन्दू अधिराज्य घोषणा नगरी अब विश्राम लिन्न,’ प्रसाईँले भने, ‘कोठाभित्र बसेर स्टाटस लेख्ने होइन, सडकबाट आन्दोलन गर्छौं ।’

    Ad
    Ad
    Ad
    Ad

    अहिले बनेको सरकार जेन-जीको सरकार नरहेको बताए। ‘जेन-जीलाई हाइज्याक गरेर बारबरा र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन्,’ उनले भने।

    प्रसाईँले अहिले बनेको सरकार जेन-जीको सरकार नरहेको बताए। ‘जेन–जीलाई हाइज्याक गरेर बारबरा र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन्,’ उनले भने।

    उनले जेन-जी आन्दोलनको उद्देश्य र परिणाम फरक दिशामा गइसकेको पनि बताए। जेन-जी आन्दोलनसँगै नेपालमा विदेशी हस्तक्षेप बढेको पनि उनको दाबी छ। उनले वर्तमान सरकारकी प्रधानमन्त्री सुशीला कार्कीदेखि गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलगायतमाथि पनि जेन-जी आन्दोलनको प्रसँगमा प्रश्न उठाए ।

    उनले प्रधानमन्त्री कार्कीलाई मेडिकल कलेज खोल्न हुँदैन भनेर विरोध गर्ने गोविन्द केसीको पछि लागेको आरोप लगाए। उनले देशलाई यो ठाउँमा पुर्याउन हात कनकमणि दीक्षित, कल्याण श्रेष्ठ, सुशीला कार्कीको हात रहेको बताए ।

    उनले आन्दोलन सुरु भएपछि बर्बरतापूर्वक दमन हुँदा रमिते मात्रै हुनुपरेको भन्दै आन्दोलनसँगै नेपालमा विदेशी हस्तक्षेप बढेको बताए।

    ‘आन्दोलन सुरु भएपछि बर्बरतापूर्वक दमन गरियो। कलिला बच्चाहरुको त्यो आन्दोलनको नेतृत्व गर्ने कोही भएन। हामी रमिते मात्र भयौं। भोलिपल्ट सबै भत्काउन मात्रै लागे। सिंहदरबारमा आगो लगाउन थाले। सर्वोच्च अदालतमा आगो लाग्यो। यो त हुँदै नहुने कुरा भयो। हामी पनि छक्क पर्यौं।’
    उनले अहिले बनेको सरकार जेनजीको सरकार नभई विभिन्न विदेशी फाउन्डेसनको सरकार रहेको बताए।

    उनले भने, ‘अहिले बनेको सरकार जेनजीको सरकार होइन जेनजीलाई हाइज्याक गरेर बारबरा फाउन्डेसन र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन्।’

    ताजा सूचना

    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.