१५ भदौ २०८३, सोमबार / 31 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मनिषा झाको दाबी- नक्खु कारागार नजिक आगजनी रोक्न खोजेको हुँ, गलत आरोप लगाइयो

    • बिशाल यादब बिशाल यादब
    • today७ आश्विन २०८२

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेन-जी आन्दोलनको क्रममा भएका घटनाहरुको छानविनका लागि सहयोग गर्ने बताएको छ।

    Ad
    Ad
    Ad

    मंगलबार केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता मनिष झाले अरु पार्टीले आफ्ना कार्यकर्ता बचाउन अग्रसर रहेको भन्दै रास्वपाले भने अनुसन्धानमा राज्यलाई सघाउने बताएका हुन्।

    Ad
    Ad
    Ad

    उनले आन्दोलनका क्रममा आफ्ना पार्टीका केही कार्यकर्ताहरुको तस्विर र भिडियोहरु सार्वजनिक रुपमा आउँदा आत्मालोचनासहित राजीनामा दिएको बताए।

    Ad
    Ad
    Ad
    Ad

    उनले भने, ‘पोखराका केही घटनाहरुमा केही साथीहरुको तस्विर र भिडियोहरु आयो। सैद्धान्तिक निर्णय केन्द्रले गरेको आधारमा कास्की जिल्ला समितिले आफैं दुई जना वडा सभापतिहरुलाई कारवाही गर्‍याे।’

    साथै उनले अरु पार्टी भने कार्यकर्ताको संरक्षण र अपराधिकरणको संरक्षण गरिरहेको बताए।

    ‘तस्विर आइसक्यो, भिडियो आइसक्यो, प्रमाणीत भइसक्यो, प्रमाणसहित समाचार आइसक्दा पनि अरु पार्टीले आफ्नो कार्यकर्ताको संरक्षण र अपराधिकरणको संरक्षण गरिरहेको छ। राज्यले जुन अनुसन्धान, छानविन गर्दैछ। त्यसलाई सघाउ पुर्याउन तयार छौं। अभियोगहरुका बारेमा छानविन गर्न आग्रह पनि गर्दछौं,’ उनले भने।

    उनले नक्खु कारागारमा आगलागी नगर्न रोक्दै गरेको भिडियोमा अरू क्लिप राखेर आफूमाथि गलत आरोप लगाइएको पनि बताए।

    उनले आफ्नै पार्टी सभापति दुई मिटर टाढा रहेको र सभापतिलाई स्वागत गर्न आएको जमातले आगो लगाउँछ कि भन्ने डरले रोक्न गएको बताए।
    उनले आफूमाथि छानबिन गर्न भन्दै भने, ‘मेरो छानबिन नहोस् भनेको होइन, म माथि पनि छानबिन होस्।’

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.