३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • निकोलस भुसाल: जेन्जी आन्दोलनको आवाजलाई व्यक्तिगत लोकप्रियताको लागि प्रयोग गर्दै

    • बिशाल यादब बिशाल यादब
    • today५ आश्विन २०८२

    हाल नेपालमा सक्रिय जेनेरेशन जेड (जेनजी) आन्दोलनको नाममा निकोलस भुसालले आफ्नो व्यक्तिगत लोकप्रियता निर्माण गर्ने प्रयास गरिरहेको आरोप लाग्न थालेको छ। पहिले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेको पछि हिँड्ने भुसाल आजभोली जेनजीको प्रतिनिधिको रूपमा देखा पर्न थालेका छन् ।

    Ad
    Ad
    Ad

     

    जेनजीका वास्तविक मुद्दा र समस्याहरूलाई अघि बढाउनुपर्ने बेला, भुसालले सामाजिक आन्दोलनको सदुपयोग गरेर आफूमाथि ध्यान केन्द्रीत गर्ने प्रयास गरिरहेका छन्। उनी स्वयं यस उमेर समूहका सदस्य नभएकाले, आफ्नो राजनीतिक लाभका लागि युवा आवाजलाई आफ्नो बनाउन खोज्नु अवसरवादी गतिविधि हो भन्ने धेरैबाट टिप्पणी गरिएको छ।

    Ad
    Ad
    Ad

     

    आफुलाई डाक्टर समेत बताउने भुसालले राष्ट्रिय सभा भंग गर्ने, सिधा कार्यकारी प्रधानमन्त्रीको चुनाव गराउने तथा भ्रष्टाचार अनुसन्धान आयोग गठनजस्ता मागहरू जेनजी आन्दोलनसँग जोडेर सार्वजनिक गरिरहेका छन्। तर आलोचकहरूको अनुसार, यी मागहरूको व्यवहारिकता र वास्तविकतामा उनी गम्भीर छैनन्। यस्तो गतिविधिले आन्दोलनको मूल उद्देश्यलाई विसंगतिमा पुर्याउँछ र वास्तविक जेनजी युवाहरूको विश्वासमा ठेस पुर्याउन सक्छ।

    Ad
    Ad
    Ad
    Ad

     

    जेनजीका कतिपय युवाहरु भनछन्, 'भुसाल लगायतका स्वार्थ समूहहरूको व्यक्तिगत स्वार्थले सामाजिक आन्दोलन र युवा आवाजलाई कमजोर बनाउने खतरा छ। आन्दोलनलाई वास्तविक उद्देश्यभन्दा टाढा लगेर एक व्यक्तिको सत्ता र लोकप्रियता निर्माणको माध्यम बनाउनु गलत कदम हो' जे भैरहेको छ त्यो एकदम गलत छ। 

     

    यसरी, भुसाललाई अवसरवादी र आन्दोलनको मूल मर्म बुझ्न नसक्ने व्यक्ति भनेर आलोचना गरिएको छ। यस्तो कार्यले मात्र युवा आन्दोलनको आवाजलाई कमजोर बनाउने र आगामी राजनीतिक तथा सामाजिक परिवर्तनमा विश्वास गुमाउने खतरा बढाउने बताइएको छ। आलोचकहरूले उल्लेख गरेका छन्, भुसाल न त कुशल चिकित्सक हुन्, न त अनुभवी राजनीतिज्ञ; उनी मुख्यतः युट्युबरका लागि कन्टेन्ट बनाउने पात्र मात्रै हुन्। यसैले जेनजीको वास्तविक प्रतिनिधित्वको रुपमा समाजले बुझ्नु हुँदैन।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.