२ कार्तिक २०८२, आइतबार / 19 October 2025, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सीके राउतबाट अलग भएका नेताहरूले गठन गरे छुट्टै पार्टी

    • बिशाल यादब बिशाल यादब
    • today४ आश्विन २०८२

    काठमाडौँ । डा.सीके राउत अध्यक्ष रहेको जनमत पार्टीबाट कारबाहीमा परेका तथा अलग भएका नेताहरूले आज (शनिबार) नयाँ पार्टी घोषणा गरेका छन् । 

    Ad
    Ad

    मधेस प्रदेशको राजधानी जनकपुरमा डा.सञ्जयकुमार साहको अध्यक्षतामा दुई दिनसम्म चलेको बैठकबाट पार्टीका विद्रोही नेताहरूले 'जनस्वराज' नामक पार्टी गठन गरेका हुन् ।

     

    Ad
    Ad

    सम्यक् समाजका लागि सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्ने भएकाले पार्टी अध्यक्ष कसैलाई नबनाएको ई.दीपक साहले बताए । उनले भने, ‘पार्टी सञ्चालनका लागि विभिन्न विभागहरू गठन गर्छौँ, त्यो विभागको जिम्मेवारी दिएर पार्टी सञ्चालन गर्छौँ ।’ 

    Ad

    पार्टी गठनसँगै तीन वटा विभाग पनि बनाइएको छ । साहलाई राजनीतिक संगठन विभागको जिम्मेवारी दिइएको छ भने ई.सुरेन्द्रनारायण यादवलाई आर्थिक विभागको जिम्मेवारी दिइएको छ । त्यस्तै प्रशिक्षण विभागको जिम्मेवारी डा. सञ्जयकुमार साहलाई दिइएको छ ।

    यसरी विभिन्न विभागमा जिम्मेवारी दिएर पार्टीका गतिविधिहरू बढाइने नेता दीपक साहले बताए । अन्य नेताहरूलाई पनि यसैगरी विभागीय जिम्मेवारी दिने तयारी भइरहेको उनले सुनाए । दीपक साह यसअघि जनमत पार्टीमा उपाध्यक्ष तथा अनुशासन समिति संयोजक थिए भने ई. यादव कोषाध्यक्ष थिए । दुवैलाई जनमत पार्टीका अध्यक्ष राउतले कारबाही गरेर निकालेका हुन् । 

    जेनजी आन्दोलनपछि जनमतका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा केही नेताले विद्रोह गरेर पार्टी छाडेका थिए । हाल उनीहरू गठन भएको नयाँ पार्टीमा त छैनन् तर नयाँ पार्टीसँग निरन्तर कुराकानी भने भइरहेको नेता दीपक साहले जानकारी दिए । 

     

    जनस्वराज पार्टीले व्यक्तिवाद नभई सामूहिक सहभागिता, राजनीति नभई, सेवा गर्ने प्रतिबद्धता, पद नभई, जिम्मेवारी र जवाफदेहिता, विभाजन नभई, एकता र समानताका लागि प्रतिबद्धता जनाएको छ । 

     

    यो पार्टीले जनताले आफ्नो शासन आफै गर्ने व्यवस्था, इमानदार, जवाफदेही र साझा नेतृत्वको मार्गदर्शनको दृष्टिकोण तय गरेको छ ।

     

    पूर्ण समानुपातिक निर्वाचन प्रणाली, बेथिति, भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही राजनीतिक स्थापना गराउनुको साथै स्थानीय स्वायत्तता र जनताको प्रत्यक्ष सहभागितासहित कार्यकारी राष्ट्रपति प्रणाली अवलम्बन गर्नेलगायत उद्देश्य बोकेको छ ।

    ताजा सूचना

    • आईज नेपालको चौथो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न
    • वीरगंजमा पहिलो कायस्थ सुपर सिक्स नॉकआउट प्रतियोगिता हुने
    • बारा - फेटा गाउँपालिका भरि हैजाविरुद्ध खोप अभियान जारी — हालसम्म १० हजार ३२६ जनाले लगाए खोप”
    • बीरगञ्जमा७०औं प्रहरी दिवसको अवसरमा वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न
    • पर्सामा जनमत पार्टीको सक्रियता तीव्र, टोल–टोलमा ‘जेन्जी जनमत संघ’ गठन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.