१९ फाल्गुन २०८२, मंगलबार / 03 March 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • संसद विघटनलगायतका रिट तत्काल दर्ता र सुनुवाइको व्यवस्था गर्न सर्वोच्चमा निवेदन

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today२ आश्विन २०८२

    काठमाडौं । संसद विघटन लगायत संविधानले संवैधानिक इजलासबाट सुनुवाइ हुने भनी तोकेका रिटहरूको दर्ता र सुनुवाइ सुचारू गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ । अधिवक्ता बिमल पोखरेलले सर्वोच्चका मुख्य रजिष्ट्रार बिमल पौडेललाई भेटेर यस्तो निवेदन दिएका हुन् ।

    Ad
    Ad
    Ad

    जेनजी प्रदर्शन हिंसात्मक हुँदा भिडले सर्वोच्च अदालतमा आगजनी गरेपछि अहिले संवैधानिक इजलासमा सुनुवाइ हुने खालका रिट दर्ता र सुनिवाई रोकिएको छ । सर्वोच्चले एक सूचना हारी गर्दै तत्कालका लागि बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक बाहेकका सेवाहरू बन्द रहने जानकारी दिएको छ ।

    Ad
    Ad
    Ad

    अधिवक्ता पोखरेलले निवेदनमा ‘गम्भीर राजनीतिक र संवैधानिक संकटको समाधान सर्वोच्च अदालतबाट तत्कालै गर्नुपर्ने देखिएको यस प्रकृतिको निवेदन अत्यावश्यक रहेको हुँदा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट सुनुवाइ हुने संविधानको धारा १३३ बमोजिमका रिट निवेदन दर्ता गर्ने र लगातार सुनुवाइको व्यवस्था तत्कालै मिलाउन’ माग गरेका हुन् ।

    Ad
    Ad
    Ad
    Ad

    उनले निवेदनमा लेखेका छन् ‘प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेको र संविधानबमोजिम सरकार गठन गर्ने विकल्पहरू भएको भए पनि राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधानबमोजिम सरकार गठनको आह्वान नगरी, प्रतिनिधिसभाका सभामुख र सम्पूर्ण सदस्यहरूलाई कुनै थाहा जानकारी नदिई, प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री नियुक्त गरिएको र त्यसरी नियुक्त व्यक्तिले जननिर्वाचित संसद् विघटन गर्ने सिफारिस गर्ने र सोही आधारमा राष्ट्रपतिबाट विघटन गरिदा गम्भीर राजनीतिक तथा संवैधानिक संकट उत्पन्न भएको छ ।’

     

    ताजा सूचना

    • निजी शिक्षामा एकताको सन्देश सरोज चौधरी र राहुल श्रीवास्तवको नेतृत्वमा होली मिलनबाट उठ्यो सहकार्य र गुणस्तर सुधारको आवाज
    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.