३ माघ २०८२, शनिबार / 17 January 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डाः ऊर्जामन्त्री घिसिङ

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today३० भदौ २०८२

    काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेनजीको नेतृत्वमा भएको ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु नै प्रमुख राष्ट्रिय एजेन्डा भएको बताएका छन्।

    Ad
    Ad
    Ad

    आज सिंहदरबारमा ऊर्जा मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै उनले सार्वजनिक संरचनामा पुगेको क्षति यकिन गरी पुनःनिर्माणलाई तत्काल अघि बढाउने बताए। उनले पुनःनिर्माणका लागि सरकारी कोष खडा गर्ने जानकारी दिँदै देशभित्र र बाहिर रहेका सबै नेपालीलाई सहयोग गर्न आग्रह गरे।

    Ad
    Ad
    Ad

    त्यसैगरी चालु अवस्थाका ठूला आयोजनालाई तीव्रता दिइने जानकारी दिँदै मन्त्री घिसिङले रणनीतिक महत्व र रुपान्तरणकारी केही ठूला आयोजनाहरु तत्काल अघि बढाउने बताए। उनले भ्रष्टाचार न्यूनीकरण र सुशासनमा सरकारको प्राथमिकता रहने उल्लेख गरे।

    Ad
    Ad
    Ad
    Ad

    ‘आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्न नसक्नेलाई तुरुन्त जिम्मेवारीबाट हटाइनेछ। असल नियत राखी ढुक्क भएर काम गर्नुहोस्। देशको अवस्था हेरेर अहिले १८ घण्टा खटिएर काम गर्नुहोस्’, मन्त्री घिसिङले भने।

    उनले आफूले प्राप्त गर्ने तलब भत्ता र सुविधाहरु जेनजी प्रदर्शनका क्रममा मृत्युवरण गरेका सहिदहरुका परिवारलाई उपलब्ध गराउने बताएका छन्। आफ्ना सुरक्षाका हिसाबले आवश्यक सुरक्षाकर्मी मात्र लिने उनले बताए।

    ताजा सूचना

    • दुई देशका मालिक ? अहिरवलियाका नागेन्द्र यादव परिवारमाथि नेपाली नागरिकता, सम्पत्ति र राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर आरोप
    • MS 11 देवीगञ्जलाई पराजित गर्दै उपाधि कब्जा, बेस्ट बलर सूर्योदय स्कुलका विद्यार्थी सुरज शर्मा तथा म्यान अफ द म्याच आशिष गुप्ता
    • पर्साको गहवामाई मन्दिरमा हिन्दु स्वयंसेवक संघद्वारा ‘समरसता उत्सव’ भव्य रूपमा सम्पन्न
    • सिरडी साई बाबा मंदिर सेवा ट्रस्ट द्धारा हिन्दू पत्रकार संघ नेपाल सम्मानित
    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.