राष्ट्रपति पौडेल, कार्की र सेनाप्रमुख सिग्देलबीच वार्ता जारी
-
मेराज हास्मी
- today२६ भदौ २०८२
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीबीच बिहीबार राति छलफल भइरहेको छ।
उनीहरूबीच नयाँ सरकार गठनबारे छलफल भइरहेको उच्च स्रोतले जानकारी दिएको छ।
बिहीबार राति वा शुक्रबारसम्म नयाँ सरकरा गठन गर्नुपर्ने दबाबबीच राष्ट्रपतिले सेनाप्रमुख र पूर्वप्रधानन्यायाधीश कार्कीबीच छलफल गरिरहेका हुन्।
पूर्वप्रधान न्यायाधीश कार्कीलाई जेनजीहरूको ठूलो संख्याले अन्तरिम प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेका छन्।
तर संविधानभित्रैबाट उनलाई अन्तरिम प्रधानमन्त्री बनाउन सम्भव नरहेको वर्तमान अवस्थामा संविधानविद् र विज्ञहरूसमेत परामर्श गरिएको बुझिएको छ।
राष्ट्रपति पौडेलले बिहीबार दिउँसो एक विज्ञप्ति जारी गरी संविधानकै दायरामा रही समाधान खोज्न प्रयत्नशील रहेको बताएका थिए।