१ श्रावण २०८३, शुक्रबार / 17 July 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध परेका रिट दर्ता गर्न अस्वीकार

    • बिशाल यादब बिशाल यादब
    • today२२ भदौ २०८२

    काठमाडौँ – सर्वोच्च अदालत प्रशासनले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। अधिवक्ता सुनिल रञ्जन सिंहले पेश गरेको रिट निवेदन सर्वोच्चका रजिष्ट्रार मानबहादुर कार्कीले दरपिठ गरेका हुन्।

    Ad
    Ad
    Ad

     

    कार्कीले दरपिठ आदेशमा सर्वोच्च अदालतको आदेश बमोजिम नै सरकारले दर्ता नभएका सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेकाले त्यस उपर न्यायिक पुनरावलोकन आवश्यक नभएको ठहर गरेका छन्।

    Ad
    Ad
    Ad

    रजिष्ट्रार कार्कीले गरेको दरपिठ आदेशमा भनिएको छ, ‘यस अदालतको वृहत पूर्ण इजलासबाट सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सञ्चालनपूर्व अनिवार्य रुपमा साधिकार निकायमा दर्ता गरी त्यस्ता अनिच्छित सामग्रीहरुको मूल्याङ्कन र अनुगमन गर्ने गरी डिजिटल मिडिया र सामजिक सञ्जाललाई समेत जिम्मेवार तथा जवाफदेही बनाउनू भनी नेपाल सरकारको नाममा मिति २०८१/६/१३ मा आदेश समेत भएको हुँदा माथि उल्लिखित निर्देशिका बमोजिम सूचीकृत नभएका सामाजिक सञ्जालका प्लेटफर्महरुलाई निष्कृय गर्ने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लगायतबाट मिति २०८२/५/१९ गतेको सूचना तथा पत्र समेतलाई बदर गरी पाउँ भनी यस अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत लिई आएको प्रस्तुत निवेदन दर्ता गर्न मिलेन ।’

    Ad
    Ad
    Ad
    Ad

     

    सरकारले दर्ता हुन नआएका २६ वटा सामाजिक सञ्जाललाई बिहीबारदेखि नेपालमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

     

    सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सिंह, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० वटा रिट निवेदन परेका थिए। ती सबै निवेदन एकै व्यहोरा दिएर दरपिठ गरिएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

    ताजा सूचना

    • बिरगंजको आधा सहरलाई तीन दिन अन्धकारमा राख्ने शक्तिको दुरुपयोगको पर्दाफास
    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.