१८ भदौ २०८२, बुधवार / 03 September 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल सद्‍भावना पार्टी घुमिफिरी अनिल झाको हातमा

    • मेराज हास्मी मेराज हास्मी
    • today२८ श्रावण २०८२

    काठमाडौँ । नेपाल सद्भावना पार्टी तराई-मधेसको पुरानो पार्टी हो । यही पार्टीबाट राजनीति सुरु गरेकाहरु अहिले मधेसकेन्द्रित दलहरुका स्थापित नेता भएका छन् । गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टी पटक-पटक फुट्दै विभिन्न टुक्रामा विभाजन भइसकेको छ । 

    Ad
    Ad

    विभिन्न समयमा सद्भावना नाममै धेरैवटा पार्टी गठन भए- सद्भावना पार्टी, संघीय सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी आदि । अहिले नेपाल सद्भावना पार्टीबाहेक अरुको अस्तित्व छैन । तीमध्ये कुनैले अरु पार्टीसँग मिलेर नयाँ नाममा पार्टी खोले भने कुनै अरु पार्टीसँग समाहित भए । 

    Ad
    Ad

    अहिले नेपाल सद्भावना पार्टी फेरि एकपटक चर्चामा आएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल छाडेर आएका अनिल झा यो पार्टीको अध्यक्ष बनेर फेरि भित्रिएका छन् । झाले मंगलबार निर्वाचन आयोगबाट आधिकारिता समेत पाइसकेका छन् । रामकुमार महतो अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीको निर्णयबाट उनी अध्यक्ष भएको बताइएको छ । तर महतोले भने जालझेल गरेर पार्टी हत्याएको आरोप लगाइरहेका छन् । 

    Ad

    २०७४ वैशाखमा विभिन्न दल मिलेर राष्ट्रिय जनता पार्टी नेपाल गठन हुँदा ती दलहरुमध्ये झाले नेतृत्व गरेको नेपाल सद्भावना पार्टी पनि एक थियो । राजपा नेपाल बनेपछि निर्वाचन आयोगमा खाली रहेको नेपाल सद्भावना पार्टी रामकुमार महतोले आफ्नो नाममा दर्ता गराएर सञ्चालनमा ल्याएका थिए । 

    अनिल झाको ‘सद्भावना’ यात्रा

    २०४६ चैतमा जनआन्दोलनका क्रममा अनिल झा पक्राउ परेका थिए । पक्राउ परेका झालाई प्रहरीले सोधेको थियो- ‘तपाईं कुन पार्टीको’ । अनिल झाको जवाफ थियो- ‘नेपाल सद्भावना परिषद्’ । अनिल झा नेपाल सद्भावना परिषद्मा थिएनन्, तर आन्दोलन गरिरहेको थाहा पाएर उनले सद्भावना परिषद्को नाम लिएका थिए । 

    थुनाबाट निस्केपछि उनी नेपाल सद्भावना परिषद्को सदस्य भएका थिए । त्यसपछि उनी निरन्तर गजेन्द्रनारायण सिंहको साथमा रहेर परिषद्का लागि सक्रिय भएर काम गरे । २०४७ वैशाखमा नेपाल सद्भावना पार्टी गठन भएपछि त्यसबाट उनले विद्यार्थी राजनीति सुरु गरेका थिए । 

    नेपाल सद्भावना पार्टीको उनी महासचिव समेत भए । २०६४ मा राजेन्द्र महतो नेपाल सद्भावना पार्टीबाट अलग भएर सद्भावना पार्टी गठन गरेपछि अनिल झा पनि महतोको साथमा लागे । नेपाल सद्भावना पार्टी छाडेर सद्भावना पार्टीमा गएका अनिल झाले चार वर्षपछि त्यो पार्टी छाडे । उनले २०६८ मा आफ्नै नेतृत्वमा संघीय सद्भावना पार्टी गठन गरेका थिए । त्यही पार्टी लिएर उनी २०७० को दोस्रो संविधानसभा चुनावमा भाग पनि लिए । 

    नेपाल सद्भावना पार्टीको अध्यक्ष 

    चुनावपछि उनले नेपाल सद्भावना पार्टीसँग २०७१ मा पार्टी एकीकरण गरे । त्यतिबेला नेपाल सद्भावना पार्टीकी अध्यक्ष सरिता गिरी थिइन् । पार्टी एकतापछि झा नेपाल सद्भावना पार्टीको अध्यक्ष भए । २०७४ वैशाखमा राजपा नेपाल बनाउने ६ दलमध्ये नेपाल सद्भावना पार्टी पनि एक थियो । 

    नेपाल सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) र तराई मधेस सद्भावना पार्टी मिलेर राष्ट्रिय जनता पार्टी  (राजपा) नेपाल बनेको थियो । तर उता नेपाल सद्भावना पार्टीको अध्यक्ष आफू रहेको भन्दै सरिता गिरीले २०७४ जेठ २६ गते उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग एकता गरिन् । 

    सरिता गिरीले फोरमसँग एकता गरेपछि नेपाल सद्भावना पार्टी निर्वाचन आयोगमा खाली थियो । त्यो पार्टी राजेन्द्रकुमार सिंहले आफ्नो नाममा दर्ता गराएका थिए । राजेन्द्रकुमार सिंहले केही समय उक्त पार्टी चलाएपछि रामकुमार महतोलाई अध्यक्ष बनाएका थिए । 

    अध्यक्ष बनेका रामकुमार महतो 

    रामकुमार महतो अध्यक्ष भएर नेपाल सद्भावना पार्टी चलाउन थाले पनि सक्रिय भइरहेको थिएन । मधेसमा त्यो पार्टीप्रति कसैको आकर्षण देखिएको थिएन । त्यसपछि रामकुमार महतोले रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीसँग २०८० साउनमा एकता गरे । पार्टीको झण्डा, नाम, विधान नागरिक उन्मुक्ति पार्टीको रहने गरी रामकुमार महतो नाउपामा समाहित भए । 

    तर चलाखीपूर्ण ढंगले श्रीमती कविताकुमारी महतोलाई नेपाल सद्भावना पार्टीको अध्यक्ष बनाइदिए । कविता मालपोतकी करार कर्मचारी भएकाले उनलाई अध्यक्षबाट हटाएर सहजाद मियाँलाई बनाइएको थियो । 

    त्यसपछि सहजाद मियाँको अध्यक्षतामा बैठक बसेर नेपाल सद्भावना पार्टीको महाधिवेशन गराउने भन्दै रामचन्द्र कुशवाहलाई संयोजक बनाएर तयारी सुरु भएको थियो । त्यसपछि रामकुमार महतो नागरिक उन्मुक्ति पार्टी छाडेर नेपाल सद्भावना पार्टीको अध्यक्ष आफू भन्दै फर्किएर महाधिवेशन गराउने तयारीमा लागे । 

    ताजा सूचना

    • छिमेकीको घरमा वाइफाइ चलाउन गएकी १७ वर्षीया किशोरीमाथि बलात्कार, आरोपी फरार
    • सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्छ : राजेन्द्र महतो
    • सिन्धुलीमा सवारी दुर्घटनाःएक युकको मृत्यु,अर्काको अवस्था गम्भीर
    • आलोकनगरमा प्रचण्ड–माधव भेट: वाम एकता र समाजवादी मोर्चा सक्रियतामाथि छलफल
    • रसुवामा मोटरसाइकल दुर्घटना भई हराएका दुई युवकको शव फेला
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.