५ बैशाख २०८३, शनिबार / 18 April 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल–अष्ट्रेलिया सम्बन्ध ६५ वर्षमा: हरित ऊर्जा साझेदारीका नयाँ पाटोमा सहमति

    • रामाशंकर साह रामाशंकर साह
    • today२६ श्रावण २०८२

    काठमाडौं, २६ साउन — ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्का र अष्ट्रेलियाका नेपालस्थित राजदूत लिआन जोनस्टनबीच आज ऊर्जा मन्त्रालयमा भएको शिष्टाचार भेटमा द्वीपक्षीय सहकार्यका नयाँ सम्भावनाबारे विस्तृत छलफल भएको छ। मन्त्री खड्काले नेपाल–अष्ट्रेलियाबीचको ६५ औं वार्षिकोत्सवको अवसरमा अष्ट्रेलियाले प्रदान गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै जलविद्युत विकास, नवीकरणीय ऊर्जा, प्रसारण प्रणाली आधुनिकीकरण, जलवायु अनुकूलित सिंचाइ तथा प्रविधि क्षेत्रमा सहकार्यको अपार सम्भावना रहेको बताए। उहाँले नेपालको हरित ऊर्जा रूपान्तरण यात्रामा अष्ट्रेलियाली प्रविधि र लगानीलाई स्वागत गर्ने प्रतिबद्धता जनाउनुभयो।

    Ad
    Ad
    Ad

    भेटमा राजदूत जोनस्टनले मन्त्री खड्कालाई ८–१० सेप्टेम्बर २०२५ मा फ्रान्समा हुने अन्तर्राष्ट्रिय पम्प्ड स्टोरेज जलविद्युत सम्मेलनमा सहभागी हुन औपचारिक निमन्त्रणा गर्नुभयो। सो अवसरले ऊर्जा क्षेत्रका नयाँ अवसर पहिचान र ऊर्जा मिश्रणमा पम्प्ड स्टोरेज प्रविधिले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास मन्त्री खड्काले व्यक्त गरे। राजदूत जोनस्टनले मन्त्री खड्काको पहलमा तयार भएको “ऊर्जा क्षेत्र विकास मार्गचित्र २०८१” को सफल कार्यान्वयनको शुभकामना दिँदै योजनामा अष्ट्रेलियाको सहकार्य रहने आश्वासन दिनुभयो।

    Ad
    Ad
    Ad

    उक्त मार्गचित्रअनुसार सन् २०३५ सम्म नेपालले २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ, जसमा १३,५०० मेगावाट आन्तरिक खपत, १०,००० मेगावाट भारतमा निर्यात र ५,००० मेगावाट बंगलादेशमा निर्यात गर्ने योजना छ। दुवै पक्षले आगामी दिनमा ऊर्जा, जलस्रोत र सिंचाइ क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाउने तथा निरन्तर संवादलाई फलदायी बनाउने सहमति जनाएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.