१ पुष २०८२, मंगलबार / 16 December 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल–अष्ट्रेलिया सम्बन्ध ६५ वर्षमा: हरित ऊर्जा साझेदारीका नयाँ पाटोमा सहमति

    • रामाशंकर साह रामाशंकर साह
    • today२६ श्रावण २०८२

    काठमाडौं, २६ साउन — ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्का र अष्ट्रेलियाका नेपालस्थित राजदूत लिआन जोनस्टनबीच आज ऊर्जा मन्त्रालयमा भएको शिष्टाचार भेटमा द्वीपक्षीय सहकार्यका नयाँ सम्भावनाबारे विस्तृत छलफल भएको छ। मन्त्री खड्काले नेपाल–अष्ट्रेलियाबीचको ६५ औं वार्षिकोत्सवको अवसरमा अष्ट्रेलियाले प्रदान गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै जलविद्युत विकास, नवीकरणीय ऊर्जा, प्रसारण प्रणाली आधुनिकीकरण, जलवायु अनुकूलित सिंचाइ तथा प्रविधि क्षेत्रमा सहकार्यको अपार सम्भावना रहेको बताए। उहाँले नेपालको हरित ऊर्जा रूपान्तरण यात्रामा अष्ट्रेलियाली प्रविधि र लगानीलाई स्वागत गर्ने प्रतिबद्धता जनाउनुभयो।

    Ad
    Ad
    Ad

    भेटमा राजदूत जोनस्टनले मन्त्री खड्कालाई ८–१० सेप्टेम्बर २०२५ मा फ्रान्समा हुने अन्तर्राष्ट्रिय पम्प्ड स्टोरेज जलविद्युत सम्मेलनमा सहभागी हुन औपचारिक निमन्त्रणा गर्नुभयो। सो अवसरले ऊर्जा क्षेत्रका नयाँ अवसर पहिचान र ऊर्जा मिश्रणमा पम्प्ड स्टोरेज प्रविधिले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास मन्त्री खड्काले व्यक्त गरे। राजदूत जोनस्टनले मन्त्री खड्काको पहलमा तयार भएको “ऊर्जा क्षेत्र विकास मार्गचित्र २०८१” को सफल कार्यान्वयनको शुभकामना दिँदै योजनामा अष्ट्रेलियाको सहकार्य रहने आश्वासन दिनुभयो।

    Ad
    Ad
    Ad

    उक्त मार्गचित्रअनुसार सन् २०३५ सम्म नेपालले २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ, जसमा १३,५०० मेगावाट आन्तरिक खपत, १०,००० मेगावाट भारतमा निर्यात र ५,००० मेगावाट बंगलादेशमा निर्यात गर्ने योजना छ। दुवै पक्षले आगामी दिनमा ऊर्जा, जलस्रोत र सिंचाइ क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाउने तथा निरन्तर संवादलाई फलदायी बनाउने सहमति जनाएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • पर्सा काण्ड: ज्वाइँ वीरेन्द्र यादवमाथि ससुरालीको सम्पत्तिमा लोभका कारण पारिवारिक हिंसा निम्त्याएको आरोप, सोही प्रकरणमा श्रीमती सुनिता यादव अदालतबाट दोषी ठहर, अभियुक्त फरार
    • १७६ किलो गाँजासहित पर्सा प्रहरीको ठूलो सफलता, लागुऔषध तस्करीविरुद्ध कडा एक्सन
    • सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न: बिधासागर माविले उपाधि जित्यो
    • नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न
    • विद्यालयको पोसाकमा एकसमानता कायम गर्न माग, हिजाब/बुर्का हटाउन सुझाव वीरगन्ज।
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.