१६ भदौ २०८३, मंगलबार / 01 September 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सुख्खा संकटग्रस्त मधेश प्रदेशको राहतमा तत्काल जुट्न ऊर्जामन्त्री खड्काको निर्देशन

    • रामाशंकर साह रामाशंकर साह
    • today११ श्रावण २०८२

    काठमाडौं । सरकारद्वारा मधेश प्रदेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरिएलगत्तै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई ढिलाइ नगरी तत्काल राहतको उपाय अबलम्बन गर्न निर्देशन दिनु भएको छ । आज मन्त्रालयमा आयोजना गरिएको आपतकालीन उच्चस्तरीय बैठकमा मन्त्री खड्काले जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतका सचिवहरु सुरेश आचार्य एवं सरिता दवाडी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, सिंचाई विभागका महानिर्देशक संजिव बराल लगायत सहसचिव, उपसचिव तथा प्रविधिकहरूसँग छलफल गर्दै मधेश प्रदेशका आठ जिल्लामा सिंचाई र खानेपानीको समस्या समाधानमा केन्द्रित हुन स्पष्ट निर्देशन दिनुभयो।

    Ad
    Ad
    Ad

    “कागजी प्रक्रिया, टेन्डर झंझट, खरीद प्रणालीको जटिलताभन्दा माथि उठेर, जुनसुकै कानुनी विकल्प प्रयोग गरेर भए पनि जनतालाई तत्काल राहत दिनुस्,” मन्त्री खड्काले भने, “जनताको खेत सुक्दै छन्, गाग्री रित्तिँदै छन्, अब मन्त्रालयको कुनै पनि इकाइ निष्क्रिय भएर बस्न मिल्दैन।” उहाँले सिंचाईका लागि डिप बोरिङ, सोलार पम्प, अस्थायी मोटर सेट तथा पाइपलाइन बिछ्याउनेजस्ता उपाय तत्काल सुरु गर्न निर्देशन दिनुभयो। साथै, खेतमा ढिलो रोपाइँ गर्नुपरे पनि कम पानीमा उच्च उत्पादन दिन सक्ने उन्नत जातका धानको बीउ तथा आवश्यक कृषि उपकरणहरू समेत किसानसम्म पुर्‍याउन सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको छ।

    Ad
    Ad
    Ad

    “समयको हरेक क्षण निर्णायक छ,” मन्त्री खड्काले भने, “सिंचाईका साथै खानेपानीका लागि पनि आवश्यक संयन्त्र र साधन प्रयोग गरेर जनतालाई सहजता दिनुहोस्। राजधानीमा बसेर निर्देशन मात्रै दिने बेला होइन, अब काम देखाउने बेला हो।” बैठकमा सहभागी भएका प्राविधिक र पदाधिकारीहरूले मन्त्रालयको निर्देशन तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। मन्त्री खड्काले अब हरेक २४ घण्टामा प्रगति विवरण बुझाउने व्यवस्था पनि सुरु गर्न निर्देशन दिनुभएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.