७ चैत्र २०८२, शनिबार / 21 March 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ट्रेड युनियन अधिकारसहित निजामती सेवा ऐन पारित हुने तयारीमा सरकार: सम्माननीय मन्त्री राजकुमार गुप्ता।

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today३ माघ २०८१

     काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ट्रेड युनियन अधिकारसहितको सङ्घीय निजामती सेवा ऐन चाँडै पारित हुने स्पष्ट गर्नुभएको छ।

    Ad
    Ad
    Ad

         बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गुप्ताले ट्रेड युनियनका नेताहरूलाई सम्बोधन गर्दै सरकारले ट्रेड युनियन महासंघ खारेजीको पक्षमा नरहेको र कर्मचारीहरूको हक अधिकार सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

    Ad
    Ad
    Ad

    “बजारमा हल्ला भएजस्तो ट्रेड युनियन खारेज हुने सम्भावना छैन,” मन्त्री गुप्ताले भन्नुभयो, “ट्रेड युनियनको आवश्यकता सरकारलाई राम्रोसँग बुझेको छ। ट्रेड युनियन अधिकारसहितको ऐन ल्याउन सरकार कटिबद्ध छ।”

    उहाँका अनुसार निजामती सेवा ऐन तयार गर्न राज्य व्यवस्था समितिमा निरन्तर छलफल भइरहेको छ। “धेरै सल्लाह र सुझावहरू आएका छन्, तर सरकार ट्रेड युनियनको महत्त्वलाई गम्भीरतापूर्वक लिइरहेको छ,” मन्त्री गुप्ताले थप्नुभयो।

    Ad
    Ad
    Ad
    Ad

         मन्त्रालयको कार्यभार सम्हाल्नासाथ निजामती सेवा विधेयकलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै उहाँले प्रधानमन्त्रीसँगको कार्यसम्पादन सम्झौतामा पनि यो विषयलाई उच्च प्राथमिकता दिइएको जानकारी दिनुभयो।

         सङ्घीय निजामती सेवा ऐनले कर्मचारीहरूको अधिकारलाई थप मजबुत बनाउने र यसले प्रशासनिक सुधारमा ठूलो योगदान गर्ने विश्वास व्यक्त गर्दै मन्त्री गुप्ताले ट्रेड युनियनका नेताहरूलाई ऐनबारे ढुक्क रहन आग्रह गर्नुभयो।

    ट्रेड युनियन अधिकार सुरक्षित गर्न सरकार प्रतिबद्ध:

    सरकारले निजामती सेवामा समावेशीता, अधिकार, र कर्मचारीहरूको सरोकार सम्बोधन गर्ने दाबी गरेको छ। मन्त्री गुप्ताले ऐन चाँडै संसद्मा टेबुल हुने र यसले कर्मचारीतन्त्रलाई थप प्रभावकारी बनाउने जानकारी दिनुभयो।

        ट्रेड युनियन प्रतिनिधिहरूले सरकारको यो पहललाई सकारात्मक रूपमा लिएका छन्।

    ताजा सूचना

    • वीरगन्ज भन्सारबाट २० लाखभन्दा बढी अवैध रकमसहित व्यक्ति पक्राउ
    • वीरगन्जका मेयर राजेशमान सिंहले सामुदायिक विद्यालय सुधारका लागि कडा ‘डेडलाइन’ तोक्दै आज वीरगन्ज का विद्यालयहरूमा आकस्मिक अनुगमन
    • मदन भण्डारी राजमार्गमा तीव्र गति: रिडी–राजा खण्ड अन्तिम चरणमा, भेडुवा बजारमा कालोपत्रे सुरु
    • पोखरामा प्याराग्लाइडिङको अन्तराष्ट्रिय प्रतियोगिता एक्काईसौं नेपाल ओपन च्याम्पिएनसिप शुरु भएको छ
    • वीरगञ्जमा भन्सार र सशस्त्र प्रहरीको ठूलो कारबाही — ६ लाखभन्दा बढी मूल्यका अवैध यौनवर्धक र गर्भनिरोधक औषधि बरामद!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.