मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
-
बिराज यादव
- today२१ भदौ २०८३
मधेशको गाउँदेखि अन्तर्राष्ट्रिय प्रविधि यात्रासम्म : इन्जिनियर सिताराम गुप्ताको डिजिटल नेपाल निर्माणमा सक्रियता काठमाडौं । मधेश प्रदेशको बारा जिल्ला, विश्रामपुर गाउँपालिका–५ स्थित इतियाही टोलमा जन्मिएका इन्जिनियर सिताराम प्रसाद गुप्ता प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव हासिल गरेर नेपालमै बसेर काम गरिरहेका नेपाली प्रविधि उद्यमीका रूपमा अघि आएका छन्। Nagarik Solution का CEO तथा Founder रहेका गुप्ता Software Engineer र Technology Entrepreneur हुन्। नेपालमै इन्जिनियरिङ अध्ययन गरेका उनले करिब १८ वर्ष लामो व्यावसायिक यात्राका क्रममा अमेरिका, दुबई, जापान, सिंगापुरलगायत ८–१० भन्दा बढी देशका विभिन्न कम्पनी तथा अन्तर्राष्ट्रिय परियोजनामा काम गरेको बताएका छन्। अमेरिकामा करिब दुई वर्ष काम गरेका गुप्ताले अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरूमा Technical Leadership सहित CTO तहको जिम्मेवारीसमेत सम्हालेका थिए। सिंगापुरमा आधारित एक कम्पनीमा CTO को भूमिका तथा शेयर इक्विटीको अवसर पाए पनि आफ्नै देशमा बसेर प्रविधिमार्फत योगदान गर्ने उद्देश्यले नेपाललाई आफ्नो मुख्य कार्यक्षेत्र बनाएको उनको भनाइ छ।
करिब दुई दशकदेखि काठमाडौंमा बस्दै आएका गुप्ता नेपालमै बसेर अन्तर्राष्ट्रिय ग्राहक तथा कम्पनीका लागि काम गर्नुका साथै नेपाल सरकार र निजी क्षेत्रका विभिन्न संस्थासँग Software Systems, Digital Platforms, e-Governance, Technology Consulting तथा Digital Transformation का क्षेत्रमा सक्रिय रहेको बताउँछन्। उनका अनुसार करिब १८ वर्षको Software Development यात्रामा ३०० भन्दा बढी परियोजनामा सहभागिता तथा नेतृत्वको अनुभव छ। साना Application देखि Enterprise Systems, Healthcare, Government तथा Nationwide Digital Systems सम्मका परियोजनामा उनको प्राविधिक संलग्नता रहेको छ। गुप्ताको प्रमुख प्राविधिक विशेषज्ञतामा Artificial Intelligence (AI), Blockchain, Cybersecurity, Data Analysis, Machine Learning, Large Language Models (LLM), Software Architecture, SaaS Product Development, Web & Mobile Applications, e-Governance तथा Digital Transformation लगायतका क्षेत्र रहेका छन्। बाढीको समयमा सरकारसँग नजिक रहेर काम गर्ने अवसर हालैको बाढी तथा विपद्को समयमा करिब ८–१० दिन नेपाल सरकारसँग नजिक रहेर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित Disaster Response र Technology Coordination का काममा सहभागी हुने अवसर पाएको गुप्ताले बताएका छन्। उनका अनुसार विपद्को समयमा System भित्रबाट काम गर्ने अनुभवले सरकार र सरकारी संयन्त्रलाई हेर्ने आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याएको छ। “यो बाढीको समयमा करिब ८–१० दिन सरकारसँग नजिक भएर काम गर्ने मौका पाएँ। मेरो लागि यो अमूल्य समय र अनुभव थियो। फेरि यस्तो मौका पाउँछु कि पाउँदिन थाहा छैन, त्यसैले यो अनुभव share गर्न मन लाग्यो,” उनले भनेका छन्। विपद्का बेला कतै तत्काल उद्धार आवश्यक पर्ने, कतै सही सूचना छिटो सम्बन्धित निकायसम्म पुर्याउनुपर्ने र कतै आफन्त हराएका परिवारलाई जानकारी आवश्यक पर्ने अवस्था देखेको उनको भनाइ छ। गुप्ताले सामाजिक सञ्जाल, सञ्चारमाध्यम तथा इन्टरनेटबाट बाहिर देखिने तस्वीर र सरकारी प्रणालीभित्रबाट देखिने वास्तविकता फरक हुन सक्ने अनुभव आफूले गरेको बताएका छन्। “System भित्र बसेर काम गर्दा सरकारलाई हेर्ने मेरो नजर नै केही बदलियो। हामी Social Media, Internet, News वा अरूको Post बाट धेरै कुरा बुझ्छौं। तर बाहिरबाट देखिने Picture नै सधैं Complete Reality हुँदैन रहेछ,” उनले भने। विपद्को समयमा Ground Level मा रातदिन खटिएका सरकारी अधिकारी, प्राविधिक टोली, सुरक्षा निकाय तथा अन्य जिम्मेवार व्यक्तिहरूसँग नजिकबाट काम गर्दा आपत्कालीन अवस्थामा समस्या कसरी व्यवस्थापन गरिन्छ, कसरी समाधान खोजिन्छ र कसरी निर्णय लिइन्छ भन्ने विषयमा फरक अनुभव प्राप्त भएको उनले बताएका छन्। ‘नेतृत्वमा देशका लागि केही गर्ने इच्छाशक्ति देखियो’ प्रधानमन्त्री बालेन तथा उहाँसँग काम गर्ने IT Advisor, Administrative Advisor, Political Advisor लगायतका जिम्मेवार व्यक्तिहरूसँगको भेटघाट तथा कार्यसमन्वयका क्रममा आफूले नेतृत्व तहमा देशका लागि केही राम्रो गर्ने genuine intention महसुस गरेको गुप्ताको व्यक्तिगत बुझाइ छ। “मेरो बुझाइमा Balen र उहाँको Team अहिले देशको अभिभावकको भूमिकामा हुनुहुन्छ।
अभिभावक इमानदार छन् भन्ने Feeling भयो। अभिभावक इमानदार भयो भने तलको System पनि विस्तारै इमानदार हुँदै जान्छ,” उनले भनेका छन्। वर्षौंदेखि निर्माण भएको प्रशासनिक प्रणाली एकैपटक परिवर्तन हुन नसक्ने उल्लेख गर्दै गुप्ताले प्रणाली सुधारका लागि समय, निरन्तरता र सही नेतृत्व आवश्यक रहेको बताएका छन्। ‘Talent भन्दा पहिले Honesty आवश्यक’ सरकारी प्रणालीसँग नजिकबाट काम गर्ने क्रममा आफूलाई सबैभन्दा प्रभाव पारेको विषय Honesty र Integrity रहेको गुप्ताको भनाइ छ। “Talent हुनुभन्दा पहिले Honest हुनु जरुरी छ। Talent छ तर Corruption गर्छ भने त्यस्तो व्यक्तिको System मा ठाउँ हुनु हुँदैन। Skill सिकाउन सकिन्छ, Experience बढाउन सकिन्छ, तर Honesty को Alternative हुँदैन,” उनले भने। देश निर्माणको जिम्मेवारी सरकार वा कुनै एक व्यक्तिको मात्र नभएको उल्लेख गर्दै उनले नागरिक, Professional Community, Private Sector र युवा पुस्ताले समेत सकारात्मक कामलाई समर्थन गर्नुपर्ने धारणा राखेका छन्। “देश बन्छ, र देश बन्दैछ। हामीलाई अलि धैर्य, अलि विश्वास र सही कामलाई support गर्ने mentality चाहिन्छ। यो मेरो व्यक्तिगत experience र बुझाइ हो। सबैको आफ्नो–आफ्नो perspective हुन सक्छ,” गुप्ताले भनेका छन्। मधेशबाट राष्ट्रिय प्रविधि क्षेत्रमा योगदान बारा जिल्लाको गाउँबाट आफ्नो यात्रा सुरु गरेका गुप्ताले अन्तर्राष्ट्रिय प्रविधि क्षेत्रमा अनुभव हासिल गर्दै पुनः नेपालमै बसेर Government तथा Private Sector का Digital Systems मा काम गरिरहेका छन्। मधेशबाट आएका प्राविधिक जनशक्तिले राष्ट्रियस्तरमा Technology, AI, Cybersecurity, e-Governance र Digital Transformation जस्ता क्षेत्रमा भूमिका खेल्नु प्रदेशका लागि मात्र नभई समग्र नेपालका लागि पनि सकारात्मक पक्षका रूपमा हेरिएको छ। विदेशमा हासिल गरेको ज्ञान, अन्तर्राष्ट्रिय Exposure र अवसरलाई व्यक्तिगत करियरमा मात्र सीमित नराखी नेपालमै बसेर सरकारी, निजी तथा प्रविधि क्षेत्रको विकासमा प्रयोग गर्ने प्रयास महत्वपूर्ण रहेको गुप्ताको भनाइ छ। नेपालको डिजिटल भविष्य निर्माणका लागि राजनीतिक नेतृत्वसँगै दक्ष, अनुभवी र इमानदार प्राविधिक जनशक्तिको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने उनको धारणा छ। मधेशको एउटा गाउँबाट सुरु भएको यात्रा अन्तर्राष्ट्रिय प्रविधि क्षेत्र हुँदै नेपालकै Digital Transformation मा योगदान पुर्याउने प्रयाससम्म आइपुगेको छ। गुप्ताको यात्रा प्रविधि क्षेत्रमा सम्भावना खोजिरहेका नयाँ पुस्ताका लागि पनि एउटा उदाहरणका रूपमा प्रस्तुत हुन सक्छ।