२१ असार २०८२, शनिबार / 05 July 2025, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई बम आक्रमणको धम्की

    • बलिराम श्रीवास्तव बलिराम श्रीवास्तव
    • today१३ मंसिर २०८१

    एजेन्सी । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बम आक्रमणको धम्की आउन थालेको छ । ट्रम्प सहित मन्त्रीमण्डलका धेरै सदस्य र उनका ह्वाइट हाउस सदस्यमा छनोट भएकाहरुलाई बम आक्रमणको धम्की आउन थालेको हो ।

    Ad
    Ad

    धम्कीहरुबारे आफूलाई जानकारी भएको भन्दै अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो एफबीआईले धेरै भ्रामक हल्ला पनि फैलिरहेकोले सचेत हुन आवश्यक रहेको बताएको छ ।

    Ad
    Ad

    घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकोले सुरक्षा र अनुसन्धानलाई प्रभावित बनाउने खालका झुट्टा विवरणसहितको टेलिफोन आइरहेको एफबीआईको भनाइ छ ।

    Ad

    ट्रम्पले छनोट गरेका आवास, कृषि र श्रम विभागको नेतृत्व र संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूतको लागि भएको छनोट विरुद्ध धम्कीहरू आइरहेका बीबीसीले जनाएको छ ।

    यसअघि चुनावी अभियानका क्रममा दुई वटा हत्या प्रयासबाट बच्न सफल ट्रम्पले त्यतिबेला धम्कीपूर्ण टेलिफोनको सामना गर्नुपरेको थिएन । तर अहिले यस्ता फोन कलले उनलाई सताइरहेको खबरमा उल्लेख छ ।

    सम्बन्धित सबैलाई सुरक्षाको प्रत्याभूति दिलाउन चुस्त प्रहरी सुरक्षाको व्यवस्था गरेकाले नआत्तिन ह्वाइट हाउसले आग्रह गरेको छ । राष्ट्रपति जो बाइडेनलाई धम्कीको बारेमा जानकारी गराएको ह्वाइटहाउसले जनाएको छ ।

     

    ताजा सूचना

    • वीरगञ्जमा मोहरर्म कार्यक्रममा अनुमतिको द्वैधरुप! वीरगञ्जमा मोहरमको दिन कसले चलाउँछ राज्य ?" जिल्ला प्रशासन कि महानगर ?"
    • चर्चित पोर्चुगिज फुटबल स्टार डिएगो जोटा र उनका भाइको कार दुर्घटनामा निधन, पोर्चुगल शोकमा डुब्यो!
    • सशस्त्र प्रहरीको अराजकता: बीरगञ्ज भन्सारमा सर्वसाधारणको सामान लुटपाट, आफैंमा बाँडफाँड!
    • एसीसी यू-१६ इस्ट जोन कप: सेमिफाइनलमा नेपालले टस जित्दै मलेसियालाई ब्याटिङको निम्तो, फाइनल यात्रा नजिक!
    • बारामा जगदम्बा स्टिल्समा भीषण विस्फोट, उद्योग क्षेत्रमा त्रासको वातावरण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.