२५ भदौ २०८२, बुधवार / 10 September 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • हालको राजनीति गुन्डागर्दी, अपराधीकरण, भ्रष्टाचारउन्मुख भएकाले ......कें. सदस्य मो. सगीर अलि

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२६ श्रावण २०८०

    श्रावन २७ |पर्सा 

    Ad
    Ad

    अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना दिदै ज.स.पा,नेपाल निकट भात्री संगठन समाजवादी विधार्थी युनियनको केन्द्रीय सदस्य मो. सगीर अलि युवाको राजनीतिक अवस्था बारे चिन्ता व्यक्त गर्दै विभिन्न महत्पूर्ण विचार राख्नु भयो |

    Ad
    Ad

    राजनीतिमा युवापुस्ता किन आउन सकिरहेका छैनन् ? अग्निपथ मेडियाको प्रश्नमा वहाँले भन्नुभयो 

    Ad

     राजनीतिमा लहैलहैमा लागेर जाने युवाको संख्या उल्लेख्य भए पनि राजनीति बुझेर नै योगदान गर्न संलग्न हुनेको संख्या भने निकै कम छ ।अलिको अनुसार  राजनीतिमै भएर पनि राजनीतिमा हस्तक्षेप गर्न सक्ने युवा त विरलै भेटिन्छन् ।हालको राजनीति गुन्डागर्दी, अपराधीकरण, भ्रष्टाचारउन्मुख भएकाले आमनागरिकको राजनीतिप्रतिको दृष्टिकोण त्यति राम्रो छैन । राजनीति गर्न ज्यान बाजी थापेर खुकुरी बोकेर राजनीति किन गर्ने ? केका लागि गर्ने ? ‘सबै नेता भ्रष्ट हुन्, केही गर्न सक्दैनन्’ भन्ने बुझाइले पनि धेरै युवामा निराशा छाएको छ ।नेता अलिले  राजनीतिमा युवा नेतृत्व स्थापित हुन नसक्नुका मुख्य तीन कारण बताउनु भयो | 

    पहिलो, स्रोत साधनमा अभाव : राजनीतिमा लाग्ने युवा कि त विद्यार्थी वा भर्खरै पेसा व्यवसाय गर्न सुरु गरेका युवा हुन्छन् । जीवनको यो कालखण्डमा युवाको स्रोतसाधनमा पहुँच सीमित हुन्छ । युवाहरू आफ्नो व्यक्तिगत खर्च, राजनीतिक अभियानमा हुने खर्च र कति अवस्थामा त परिवारको आर्थिक भार पनि बेहोर्नुपर्ने अवस्थामा हुन्छन् । आम्दानी कम र दायित्व बढी हुँदा युवा आफैँलाई कसरी त्यसको व्यवस्थापन गर्ने भन्ने चुनौती रहन्छ । धेरै युवाले सुरुमा राजनीतिमा हामफाले पनि आर्थिक अवस्थाकै कारण राजनीति छाड्छन् । राजनीतिलाई जागिर बनाउने युवा राजनीतिमा टिक्छन् । आफ्नो इमानलाई केन्द्रमा राखेर राजनीतिलाई सेवामूलक बनाउने व्यक्ति हराउँदै जान्छन् । आज राजनीति फुलटाइम व्यवसाय जो बनेको छ । आफ्नो काम गरेर बचेको समय राजनीतिमा योगदान गर्ने माहोल हालको राजनीतिले प्रदान गर्दैन ।

    चुनावमा उठ्नका लागि पैसा चाहिने, अगाडि–पछाडि भुस्तिग्रे पाल्न पैसा चाहिने, चुनाव जित्न पैसा चाहिने भएपछि आज एउटा युवा आफ्नो स्वाभिमान बेचेर कसरी यो धन्दामा लाग्न सक्छ ? पढाइको तनाव,करिअरको तनाव, सम्बन्ध (प्रेम वा विवाह)को तनाव झेलिरहेका युवालाई राजनीति अनि समाजप्रति सक्रिय हुन यसै पनि त्यति सजिलो छैन ।

    दोस्रो, आम दृष्टिकोण : तपाईंले एउटा बच्चालाई के बन्छौ भनेर सोध्नुभयो भने डाक्टर भन्छ, इन्जिनियर भन्छ, बैंकर पनि भन्छन्, तर नेता भन्दैनन् । केही समयअघि एउटा विद्यालयमा एकजना नवनिर्वाचित मेयरले दिएको भाषण सम्झन्छु, ‘नगरपालिका यस विद्यालयलाई सहयोग गर्न तयार छ, ताकि यहाँका विद्यार्थी ठूलो डाक्टर, इन्जिनियर, कर्मचारी बनून् ।’ मलाई अचम्म लाग्यो । एउटा नेताले विद्यार्थीहरूलाई नेता बन भनेर भन्न सक्ने अवस्था किन छैन ? राजनीतिप्रति हाम्रो दृष्टिकोण सकारात्मक किन छैन ? नेताकै नजरमा नेता किन सम्मानित छैन ? यहाँ अहिलेका नेता नै सक्षम युवा आएर हाम्रो भाग खोस्ने हुन् कि भन्ने डर पालेर बसेका छन् । उनीहरू सम्भव भएसम्म नयाँ पुस्ताले नेतृत्व लिन खोजेको देख्न रुचाउँदैनन् ।

     

    तेस्रो, पार्टीगत संरचना : युवाको राजनीतिमा सहभागिताको समस्या आउनमा हाम्रो पार्टी संरचना र राजनीतिक संस्कारमा नै ठूलो समस्या छ । अहिलेका पार्टी यहाँ नेता जन्माउनेभन्दा पनि आफूले गरेको निर्णयमा सहीछाप ठोक्ने जमात बनाउन बढी रुचि राख्छ । राजनीतिमा युवा लागेर पदमा पुगेर योगदान गर्ने संरचना नै हामीले विकास गर्न सकेका छैनौँ । युवा भएर अघि बढ्न कि त शीर्ष नेतृत्वको सन्तान हुनुपर्ने, कि त धेरै स्रोत–साधन चाहिने परिपाटीले पनि निष्ठावान् युवा राजनीतिमा आकर्षित छैनन् । योग्यता, क्षमता, विचार, नेतृत्व गर्ने क्षमता आजको राजनीतिक दलको संरचनामा कहाँ अटाउँछ ? युवालाई युवा संगठन अनि विद्यार्थी संगठनको नाममा राजनीतिक दुरुपयोग गरेर युवाको जिन्दगी बर्बाद पार्ने परिपाटीले पनि युवामा राजनीतिक मोह घट्दै छ ।

    यस पछि अग्निपथ मेडियाले यसको समाधानको उपाय सोध्दा ,अलि को जवाफ यस्तो थिए ?

    समाधानका उपाय  : अब युवालाई राजनीतिमा पर्याप्त भूमिका दिन सक्ने माहोल बनाउन जरुरी छ | हामी लोकतन्त्रमा भए ता पनि नेपाली राजनीतिले युवालाई सहभागी गराउन सकिरहेको छैन । जसले लोकतन्त्रलाई नै कमजोर बनाउँदै छ । । युवाको ऊर्जाले साहस गर्छ भने  बुढ्यौलीको अनुभवले सम्झौता । अब साहस गर्न सक्ने उत्कृष्ट व्यक्तिहरू राजनीतिक नेतृत्वमा आउनुपर्छ  | राजनीतिलाई कमाइखाने भाँडो बनाउने होइन, आफ्नो खुट्टामा उभिन सक्ने युवा नेतृत्व देशले खोजिरहेको छ । यसर्थ, दलीय संरचना, नीति तथा कार्यक्रमले नै युवालाई राजनीतिप्रति आकर्षण गराउन जरुरी छ । सक्षम युवालाई छात्रवृत्तिजस्तै राजनीतिक रूपमा विकास गर्न अनि आर्थिक रूपमा सहयोग गर्न अब पार्टी अनि राज्यका तहबाटै पहल किन नगर्ने ? अहिले युवाको दुरुपयोग गर्ने संस्कारभन्दा युवालाई सक्षम नेता बनाउने संरचना अब पार्टीभित्र किन नबनाउने ? संगठनले युवामा जति लगानी गर्छ, देशले त्यति नै लाभ पाउँछ । 

    ताजा सूचना

    • राष्ट्रपति र सेनापतिसँग वार्ताका लागि डिस्कोर्डमा जेनजीको बैठक जारी, ३२ सय सहभागी
    • सर्वोच्चको डाटा सेन्टरसमेत ध्वस्त हुँदा शून्य अवस्थामा पुग्यो न्यायालय
    • बालसुधार गृहबाट भागेका ६० जना पुनः पक्राउ, १ सय फरार
    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँझ ६ बजेसम्म बन्द, आन्तरिक उडान भोलिसम्म नहुने
    • आन्दोलनका क्रममा लुटिएका हतियार बुझाउन सेनाको निर्देशन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.