२८ असार २०८२, शनिबार / 12 July 2025, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सरकारले संसद्को अधिकारमाथि हस्तक्षेप गर्‍यो : सचिव भट्टराई

    • Agnipathmedia Editor Agnipathmedia Editor
    • today१३ जेठ २०८०

    काठमाडौं, १४ जेठ // Agnipath Media  नेकपा एमाले सचिव योगेश भट्टराईले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने सरकारको निर्णय संसद्को अधिकारमाथि हस्ताक्षेप भएको बताएका छन् ।

    Ad
    Ad

    उनले कानुन निर्माणको सबै अधिकार संसद्को हुने हुँदा मन्त्रिपरिषद्ले प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडलसमक्ष सिफारिस गर्ने निर्णयले संसद्‌को अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाए ।

    Ad
    Ad

    'विधेयक सरकारले संघीय संसद्‌मा पेस गर्ने हो । संसद्‌बाट पास भएपछि सभामुख वा अध्यक्षले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्ने र राष्ट्रपतिले प्रमाणीकरणको सूचना संसद्लाई दिनुपर्छ । यसरी विधेयक ऐन बन्छ । विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने अधिकार संविधानको कुनै पनि धाराले मन्त्रिपरिषद्लाई दिएको छैन । धारा ११४ अनुसार अध्यादेशको हकमा मात्र त्यो अधिकार सरकारलाई छ,' उनले भने ।

    Ad

    विधेयक र अध्यादेश अलग भएको भन्दै उनले तिनको उत्पत्ति र प्रमाणीकरण गर्ने प्रक्रिया र कार्यक्षेत्र अलग रहेको कुरा बुझ्नुपर्ने बताए । सचिव भट्टराईले राष्ट्रपतिलाई विवादभन्दा माथि राख्नुपर्ने बताउँदै असंवैधानिक काम गर्न नउक्साउन आग्रहसमेत गरेका छन् ।

    'प्रधानमन्त्रीलाई राष्ट्रपतिको सल्लाहकारका रुपमा पनि बुझिन्छ । स्वयं प्रधानमन्त्रीले राष्ट्रपतिलाई असंवैधानिक काम गर्न उक्साउनु आफैँमा गम्भीर विषय हो,' भट्टराईले भने ।

    शुक्रबारको मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न आग्रह गर्ने निर्णय गरेको थियो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि उक्त विधेयक विवादमा परेको थियो । पहिलो पटक पुनर्विचारका लागि संसद्‌मै फिर्ता गरिएको नागरिकता विधेयक संसद्‌को दुवै सदनले हुबहु पारित गरेको थियो ।

    'सरकारले संसद्‌मा पेस गरेपछि विधेयकको प्रक्रियामाथि सम्पूर्ण अधिकार संसद्‌को हुन्छ । यहाँसम्म कि सरकारले आफूखुसी विधेयक फिर्ता लिन पनि पाउँदैन‚ त्यसका लागि पनि संसद्को अनुमति चाहिन्छ । सरकारले हालै गरेको निर्णय संसद्को अधिकारमाथिको हस्तक्षेप हो,' उनले भने ।

    उनले नागरिकताजस्तो संवेदनशील विषयमा राजनीतिक ध्रुवीकरण गर्न नहुने बताएका छन् । 'नागरिकताजस्तो संवेदनशील विषयमा राजनीतिक ध्रुवीकरण गर्नु हुन्न । वास्तविक नेपाली नागरिकताबाट वञ्चित हुनुहुँदैन र कुनै पनि गैरनेपालीले नेपालको नागरिकता पाउनुहुँदैन‚ यो एमालेको स्पष्ट धारणा हो,' उनले भने‚ 'आमाको नामबाट नागरिकता र संघीय पहिचान खुल्ने कुरालाई कानुनी प्रबन्ध गर्न एमालेले खोजेको हो । वैवाहिक अंगीकृतका हकमा समयसीमा तोकौँ भन्ने हाम्रो कुरा हो । यी लगायत तत्कालीन राष्ट्रपतिले संसद्‌को ध्यानाकर्षण गराइएका १५ बुँदामा मजाले छलफल गर्ने हो भने नागरिकताको विषयमा राष्ट्रिय सहमति बन्न सक्छ । एमाले त्यसका लागि तयार छ र पहल पनि लिनेछ ।'

     

    ताजा सूचना

    • "हाम्रो र राम्रो Nexus Education Pvt Ltd : बिदाइ कार्यक्रममा विश्रामपुर गाउँपालिका प्रमुख जुल्फकार अली भुटो (जुबेर भाई)को प्रमुख आतिथ्य, कार्यक्रम प्रेरणादायी, उज्ज्वल भविष्यको कामना
    • "सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताविरुद्धको षड्यन्त्र: सच्चा राष्ट्रसेवकलाई बदनाम पार्ने खेलको पर्दाफास"
    • नेपाली कांग्रेसमा बाढीजस्तै प्रवेश, पानी समस्यामाथि कडा टिप्पणी गर्दै अनिल रुङ्गटाले दिए चेतावनी
    • छाडा तीज गीतविरुद्ध लोक सञ्चारकर्मीको आवाज, गृहमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र
    • मनसुनजन्य विपद् न्यूनीकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जामन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.