२४ भदौ २०८२, मंगलबार / 09 September 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • समानुपातिक सांसदको विवाद सल्टियो

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today९ माघ २०७९

    Agnipath media - अग्निपथ मिडिया

    Ad
    Ad

    १० माघ, जनकपुरधाम । मधेश प्रदेशमा नेकपा माओवादी केन्द्रका समानुपातिक सांसदको विवाद सल्टिएको छ । अन्तिम नामावलीका दुई सांसदमाथि परेको रिट सर्वोच्च अदालतले तामेलीमा पठाएर टुङ्गो लगाएको छ ।

    Ad
    Ad

    वादी रौतहटकी खजान्ती महतो नुनियाले नै पेशी लिन इन्कार गरेको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुले मुद्दालाई तामेलीमा पठाएर प्रतिवादीलाई सदर गर्दै मुद्दा अन्त्य गरेको छ । न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र अनिल कुमार सिन्हाको संयुक्त इजलाशले सो आदेश दिएको छ । तर,वादीका वकिल उमेशप्रसाद साहले फैसलामा आपत्ति जनाएका छन् । संवैधानिक इजलाशको नियमावली अनुसार १५ दिनसम्म मुद्दा थमाउन सक्ने व्यवस्था रहेको उनको जिकिर छ । वादी बिरामी हुँदा पेशी लिन नसकेको उनले बताएका छन् । अदालतले गत पुस २७ गते राखेको पेशीमा वादी खजान्ती अनुपस्थित भएका थिए । वादीले वकिलमार्फत पुस २९ गते पेशी राख्न रजिष्टारसमक्ष अनुरोध गरेका थिए । तर माघ ४ गते न्यायाधीशहरुले पेशी लिन इन्कार गरेको भन्दै मुद्दा तामेलीमा पठाएका थिए । न्यायाधीशहरुको मुद्दालाई तामेलीमा पठाएपछि सप्तरीकी माला कर्ण र महोत्तरीका रज्जी हैदर सांसद भएका छन् । उनीहरुले सोमबार निर्वाचन आयोगबाट प्रमाणपत्रसमेत प्राप्त गरेका छन् ।

    Ad

    निर्वाचन आयोगले दिएको प्रमाणपत्रको अधारमा मधेश प्रदेशसभाले उनीहरुलाई शपथ ग्रहण गराउने छन् । उनीहरुलाई निर्वाचन आयोगले रिट पर्नुअघि नै निर्वाचित भएको घोषणा गरेका थिए । तर रिट परेपछि उनीहरुलाई प्रमाण दिइएको थिएन् । अदालतको पत्रले उनीहरुको शपथ ग्रहण पनि रोकिएको थियो । पार्टीले निर्वाचन आयोगमा पठाएको आधारमा आयोगले धनुषाबाट सुनिता यादव, सप्तरीबाट मालाकुमारी कर्ण, धनुषाबाट शारदा दास र महोत्तरीबाट मोहम्मद रज्जी हैदरलाई निर्वाचित भएको घोषणा पनि गरेको थियो । सुनिता र माला मधेशी समूह, शारदा दलित र रज्जीको नाम मुस्लिम समूहको कोटाबाट पठाइएको थियो । त्यसपछि पुनः खजान्तीले अनुसूची अनुसार आफू निर्वाचित हुनुपर्ने भन्दै उत्प्रेषण मुद्दा दिएकी थिइन् ।

    ताजा सूचना

    • प्रदर्शनकारीमाथि बल प्रयोग भएकामा संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालय स्तब्ध
    • हिंसात्मक घटनाप्रति विदेशी दूतावासहरूको गम्भीर चिन्ता
    • खुल्यो सामाजिक सञ्जालमाथिको प्रतिबन्ध
    • सामाजिक सञ्जाल तत्काल चलाउन ओलीलाई देउवाको फोन
    • जेनजी प्रदर्शनमा २० को मृत्यु, ४२२ घाइते
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.