१ श्रावण २०८२, बिहिबार / 17 July 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • गोलबजारको होटेलहरुमा यौनधन्दा, प्रहरीले कडाई गरेपछि ईन्पेक्टर साहविरुद्ध मोर्चाबन्दी

    • दिलखुस देवान दिलखुस देवान
    • today२७ फाल्गुन २०८१

    सिरहा । सिरहा प्रमुख शहरहरुमध्येको गोलबजारको होटलहरुमा यौनधन्दा फस्टाएपछि कडाई गरेका ईलाका प्रहरी कार्यालय गोलबजारका ईन्सपेक्टर गोविन्द प्रसाद साहविरुद्ध केही होटल सँचालकहरु मोर्चाबन्दी गरेका छन् ।  गोलबजारको दर्जन बढी गेष्ट हाउस र होटलमा यौनधन्दा हुन थालेपछि ईलाका प्रहरी कार्यालय गोलबजारका ईन्सपेक्टर गोविन्द साहले कडाई गर्न थालेका छन् । गैर–समाजिक कार्य भएकोले र छेउछाउमा विद्यालयहरु भएकोले बजार क्षेत्रमा यस्ता क्रियाकलाप नगर्न निर्देशन दिएपछि ईन्स्पेक्टर साहविरुद्ध केही बिचौलियाहरु लागेको बताईएको छ । 

    Ad
    Ad


    गोलबजार क्षेत्रमा भारतबाट ल्याउने भन्सार छलीको समानहरुमा निरन्तर कडा निगरानी गरेपछि ईन्सपेक्टर साहलाई फँसाउन त्यहाँका केही व्यापारीहरु सक्रिय भएका छन् । बिलेकियाहरुलाई असहज भएपछि केही सँचारमाध्यममा ईन्सपेक्टर साहविरुद्ध भ्रामक आरोप लगाउन थालेको स्थानीय व्यापारीहरु बताउँछन् ।  केही सँचारमाध्यममा ईन्सपेक्टर साहले एक सर्वसाधारणसँग एक मुद्दामा ३५ हजार रुपैयाँ र आईफोन खोसेको आरोपप्रति खण्डन गर्दै ईन्सपेक्टर साहले मिडियामा आएको कुरा एकतर्फा र मानसिक कुण्ठा मात्र रहेको बताए । उनले केही व्यक्तिलाई स्वार्थ पुरा नभएपछि मिथ्या तथ्य फैलाएकोप्रति आपत्ति जनाए । 

     

    Ad
    Ad

    सँचारमाध्यमहरुमा आएको लहानका पँकज साहसँग रकम लिएको र आईफोन खोसेको सन्दर्भमा पँकजका बुवाले त्यस्तो केही नरहेको प्रतिउत्तर दिए । उनले भने,–“सोना मुद्दा थियो, मसँग पैसा मागेको होईन, छोराको मोबाईल पनि लिनुभएको छैन, अब कसले के भनिदियो हामीलाई थाहा भएन । हामीलाई पेल्न इन्सपेक्टर साहेबको नाम पत्रिकाहरुमा राखियो । ईन्सपेक्टर साहेब त्यस्तो केही गर्नुभएन्, झूठ किन बोल्नु ? ।”गोलबजारमा तस्करी र बिलेकियागिरी गरेर कर छलीका धन्दा चलाउने बिलेकियाहरु अहिले ईन्सपेक्टर साहविरुद्ध एकजुट भएका छन् । सरकारलाई जाने राजश्व चुहाबट रोक्न खोजेपछि र बजार क्षेत्रमा मौलाएको यौनधन्दा रोक्न खोजेपछि बिचौलियाहरु ईन्सपेक्टर साहविरुद्ध एकजुट भएका छन् । 

    ताजा सूचना

    • मन्त्री प्रमोद जयसवालद्वारा नागरिक सुरक्षामुखी दुई बीमा कार्यक्रम सार्वजनिक
    • १० वर्षमै २८,५०० मेगावाट उत्पादन गर्ने सरकारको अठोट: ऊर्जा आत्मनिर्भरता तर्फ निर्णायक कदम!
    • "नखाएको विष लाग्यो, सत्यका लागि पद त्यागेँ": घुस डिल प्रकरण"मा मन्त्री गुप्ताको प्रधानमन्त्री समक्ष राजीनामा
    • “घुस डिल प्रकरण” मा नयाँ मोड: खेम र सुजनको खुलासा – “अडियो नक्कली हो, फरेन्सिक जाँच गर!”
    • ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित: सई सुभाष यादवको वीरता र इमान्दारिताले प्रहरी संगठनको शिर उच्च
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.