१२ माघ २०८२, सोमबार / 26 January 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • काठमाडौं आइपुगे बेलायती राजकुमार एडवार्ड

    • दिलखुस देवान दिलखुस देवान
    • today२२ माघ २०८१

    काठमाडौं । बेलायती राजकुमार एडवार्ड काठमाडौं आइपुगेका छन् । उनी ६ दिने भ्रमणका लागि नेपाल आइपुगेका हुन् । एडवर्ड विमानस्थलबाट सिधै लैनचौरस्थित बेलायती दूतावास जाने तालिका छ । उनकी श्रीमती सोफिया बिहान साढे १० बजे नेपाल आइसकेकी छन् । अब केहीबेरमा राजकुमार दम्पती शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गर्नेछन् ।

    Ad
    Ad
    Ad


    राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी पुनः लैनचौर फिर्ता आउने भएका उच्च सरक्षा स्रोतले जानकारी दिएको छ । ६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।
     भ्रमणका क्रममा उनीहरुले पोखराको ब्रिटिश गोर्खा क्याम्पमा पनि जाने बताइएको छ । बेलायती सञ्चार माध्यमका अनुसार उनीहरुले त्यहाँ हालै बेलायती सेनामा छनोट भएकाहरुको ब्याज वितरण परेडमा पनि सहभागी हुनेछन् । यो दिन बेलायती सेनामा नवनियुक्त नेपाली जवानहरुलाई औपचारिक रूपमा बेलायती सेनामा भर्ना भएको चिन्ह लगाइन्छ ।

    Ad
    Ad
    Ad

     


    भ्रमणकै क्रममा उनीहरु नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण हिमश्रृंखला नियाल्न जानेसमेत तालिका रहेको गृह स्रोतले जानकारी दिएको छ । नेपाल बसाइको क्रममा, एडिनबर्गहरूले स्वास्थ्य सेवा र बेचबिखन र लैगिक हिंसाबाट बचेकाहरूलाई सहयोग प्रदान गर्ने संस्थाहरूलाई पनि भेट्नेछन् । सोफी संयुक्त राष्ट्रको महिला, शान्ति र सुरक्षा एजेन्डाकी च्याम्पियन हुन् र अक्टोबरमा, माल्टाको यात्राको क्रममा, माल्टाको पुलिस बल र मानव अधिकार निर्देशनालयका सदस्यहरूसँग मानव बेचबिखनका पीडितहरूलाई सहयोग गर्ने बारे छलफलमा भाग लिएकी थिइन् ।

    Ad
    Ad
    Ad
    Ad

    ‘
    यो भ्रमणले बेलायत र नेपालबीचको घनिष्ठ सम्बन्धलाई मनाउनेछ, र युवा अवसर, स्वास्थ्य सेवा, महिला र केटीहरूको लागि समानता, र संरक्षण र जैविक विविधता लगायतका साझा चासोहरूलाई सुदृढ गर्नेछ’, नेपाललगायत भ्रमणबारे बेलायती राजसंस्था ‘बकिङ्घम प्यालेस’को भनाइ उद्धृत गर्दै त्यहाँका सञ्चार माध्यमले लेखेका छन् ।

    ताजा सूचना

    • अराजकतामा बीरगञ्ज: ट्राफिकदेखि प्रशासनसम्म राज्य संयन्त्र निष्क्रिय
    • डिजिटल ठगी बढ्दै गएपछि सचेत रहन राष्ट्र बैंकको आग्रह
    • चुनावी मैदानमा अनिल रुम्टाको ओपनिङ इनिङ, पर्सा–१ बाट कांग्रेस उम्मेदवारी दर्ता
    • नेतृत्व परिवर्तन आवश्यक छ भन्दै जनमत पार्टीबाट ओमप्रकाश सर्राफको पर्सा–१ बाट उम्मेदवारी
    • पत्रकारका लागि ऐतिहासिक घोषणा: नेपाल जनता पार्टीले बनाइदिने भवन र नगद पुरस्कार
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.