१७ असार २०८२, मंगलबार / 01 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • समन्यायिक विकास गण्डकी प्रदेशको प्राथमिकता : मुख्यमन्त्री पाण्डे

    • रामाशंकर साह रामाशंकर साह
    • today२२ माघ २०८१

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सीमित स्रोत र साधनको दायरामा रहेर पिन प्रदेशको समन्यायिक विकासलाई प्राथमिकतामा राखेको बताएका छन् ।प्रदेशको आठौं स्थापना दिवसको अवसरमा उनले सीमित स्रोत र साधनको दायरामा रही नागरिकका असिमित चाहना पूरा गर्न सहज नभएको पनि बताए । मुख्यमन्त्री पाण्डेले प्रदेश स्थापनाको यो ७ वर्षको अवधिमा भौतिक र कानुनी आधार निर्माण गर्दै अधिकारका लागि संघ सरकारसँग जुधिरहनुपरेको पनि बताए । ‘संघीय शासन व्यवस्थाको सबलीकरणका लागि गण्डकी प्रदेश सरकारले सुरुदेखि नै अगुवाइ गर्दै आएको छ’, उनले भने ।

     

    Ad
    Ad

    ०८० असारमा गण्डकी प्रदेश सरकारको अग्रसरतामा पोखरामा राष्ट्रिय समन्वय परिषद र अन्तरप्रदेश मुख्यमन्त्रीको पहिलो बैठक भएको थियो । जसमा प्रहरी समायोजन, वित्तीय समानीकरण, निजामती कर्मचारी ऐन, विद्यालय शिक्षा ऐन, जग्गा प्राप्ति लगायत विषयमा विभिन्न निर्णय भएका थिए । ‘तर कार्यान्वयनमा खासै प्रगति हुन सकेको छैन । जसका कारण जनअपेक्षा अनुरुप कार्य गर्न कठिनाइ रहेको छ’, उनले भने ।मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशबाट हालसम्म विभिन्न ७२ कानुन, २५ नियमावली र अन्य आवश्यक मापदण्ड जारी गरेको जानकारी दिए । उनले अझै केही विधेयक संसदमा छलफलकै क्रममा रहेको र केही टेबल हुने क्रममा रहेको बताए ।

     

    Ad
    Ad

    क्यान्सर, पक्षघात जस्ता घातक रोगबाट पीडित नागरिकका लागि चालु आर्थिक वर्षमा एक करोड ६४ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको पनि प्रदेश सरकारले जानकारी दिएको छ । त्यस्तै यसै वर्ष आँपपिपल र बुर्तिबाङ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरी प्रदेश सरकार मातहत ल्याइएको र लमजुङ अस्पताल पनि प्रदेश सरकार माहतहत आएको मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।यसअघि माघ २२ मा गण्डकी प्रदेशसभा र फागुन ४ मा प्रदेश सरकारको स्थापना दिवस गरी छुट्टाछुट्टै मनाउँदै आए पनि यसवर्षदेखि स्थापना दिवसमात्रै मनाउने निर्णय गरेको हो । २०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका रुपमा मनाउन थालेको हो ।

    ताजा सूचना

    • नयाँ ग्रीड कनेक्शन सम्झौतामा ५ जलविद्युत कम्पनीहरू र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी बीच हस्ताक्षर
    • कुलिङ पिरियड प्रावधान हेरफेरमाथि छानबिनको माग : मन्त्री गुप्ता आक्रोशित
    • त्रिभुवन माध्यमिक विद्यालय, वीरगन्जमा विश्व हिन्दु परिषदद्वारा हनुमान चालीसा पाठ सम्पन्न
    • शिक्षा ऐन नआए आन्दोलन चर्किने : शिक्षक महासंघको सरकारलाई चेतावनी
    • वीरगञ्जमा स्रोत नखुलेको २८ लाख बढी हुण्डी रकमसहित तीन जना पक्राउ
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.