३० कार्तिक २०८२, आइतबार / 16 November 2025, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • भारतीय जनता पार्टीको निमन्त्रणामा सत्तारुढ दल माओवादी केन्द्रका नेताहरू नयाँ दिल्ली पुगे

    • मो.सगिर अलि मो.सगिर अलि
    • today७ श्रावण २०८०

    नयाँ दिल्लीमा भाजपाका अध्यक्षसहित शीर्ष नेतासँग छलफल गर्दै माओवादी नेताहरू, उत्तराखण्ड पुगेर मुख्यमन्त्री धामीसँग पनि भेट्ने

    Ad
    Ad
    Ad

    भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा सत्तारुढ दल माओवादी केन्द्रका नेताहरू नयाँ दिल्ली पुगेका छन्। माओवादीका उपाध्यक्ष पम्फा भुसालको नेतृ्त्वमा पाँच सदस्यीय टोली आइतबार नयाँ दिल्ली पुगेका हुन्। 

     

    Ad
    Ad

    उनीहरूलाई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालाले स्वागत गरेका थिए। टोलीमा पार्टी सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यद्वय रामेश्वर राय यादव र सुरेशकुमार राई छन्।

     

    भाजपालाई जान्नुस् (Know BJP)' अभियानअन्तर्गत राष्ट्रिय अध्यक्ष जेपी नड्डाले भाजपाको विगत, वर्तमान र आगामी रणनीतिबारे जानकारी दिन माओवादी केन्द्रका नेताहरूलाई भारत भ्रमणमा बोलाएका हुन्। भारतमा रहँदा माओवादी नेताहरूले भारतीय जनता पार्टीका अध्यक्ष नड्डा र अन्य वरिष्ठ नेताहरूसँग छलफल गर्ने विदेश विभाग प्रमुख चौथाइवालाले जानकारी दिएका छन्। 

     

    'यस भ्रमणको उद्देश्य पार्टी-पार्टीबीच अन्तरक्रिया बढाउन र प्रतिनिधिमण्डललाई भाजपाको दृष्टिकोण र कार्यप्रणाली बुझ्न सक्षम बनाउनु हो,' चौथाइवालाले भनेका छन्। 

     

    ६ दिने भ्रमणका क्रममा माओवादी नेताहरू दुई दिन उत्तराखण्डको समेत भ्रमण गर्नेछन्। त्यहाँ मुख्यमन्त्री पुष्करसिंह धामीसँग छलफल हुने चौथाइवालाले जानकारी दिएका छन्। माओवादी टोलीले उत्तराखण्डमा पनि भाजपाका नेता तथा राज्य पदाधिकारीहरूसँग भेटवार्ता गर्नेछन्। 

     

    भारतीय जनता पार्टीको ४३औं स्थापना दिवसमाको अवसरमा अध्यक्ष नड्डाले छिमेकी देशका सत्तारुढ दलहरूलाई बोलाएर यो अभियान सञ्चालन गरेका हुन्।

    ताजा सूचना

    • बिहार चुनावमा स्टार उम्मेदवार पराजित, ‘क्रेज’भन्दा काम महत्वपूर्ण भएको प्रमाणित
    • “विश्रामपुरमा धर्मको नाममा करोडौंको बिभेदपुर्ण बजेट खेल — प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा र अध्यक्ष जुल्फकार अली भुट्टोको मिलेमतोमा भ्रष्टाचारको केन्द्रबिन्दु” स्थानीय द्वारा ज्ञापन
    • वीरगंज उद्योग वाणिज्य संघद्वारा बाराको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र सेजको स्थलगत अध्ययन अवलोकन
    • “अजय भोजपुरिया : गीत–संगीतदेखि समाजसेवासम्म, अब गाउँको नेतृत्वतर्फ जनताको नजर” 🎤🌟
    • प्रहरी निरीक्षकहरूद्वारा मानवसेवा आश्रममा भोजन सहयोग
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.