८ भदौ २०८३, सोमबार / 24 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • एभरेस्टलाई हराउँदै न्यु डायमण्ड सेमिफाइनलमा

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२५ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

    काठमाडौं, २६ पुष । एभरेस्ट भलिबल क्लब बुटवललाई पराजित गर्दै साविक विजेता होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब समूह चरणको एक खेल बाँकी छँदै सातौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

    Ad
    Ad
    Ad

    न्यु डायमण्डले एभेरेस्टलाई हराएर लगातार दुई जितका साथ एक खेल बाँकी छँदै सेमिफाइनलमा पुग्न सफल भएको हो । डायमण्डको जितले नेपाल पुलिस क्लब पनि एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । एभरेस्ट र नयाँ बजार सामाजिक युवा क्लब अंक विहीन हुँदै बाहिरिएको छ ।

    Ad
    Ad
    Ad
    Ad

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा डायमण्डले एभरेष्टमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । पहिलो सेटमा २५–७ ले विजयी भएको डायमण्डले दोस्रो सेट २५–१० ले आफ्नो पक्षमा पार्न सफल भयो ।

    तेस्रो सेटमा नयाँ खेलाडीलाई माैका दिएकाे डायमण्डले २५–१२ खेल आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भयो । डायमण्डकी मिडल ब्लकर वालमिका आचार्य केल्मी प्लेयर अफ दि म्याच घोषित भइन् । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।

    यस जितसँगै डायमण्डको समूह ‘ए’ मा २ खेलबाट ६ अंक पुगेको छ । पुलिसको पनि समान २ खेलबाट ६ अंक छ । यो समूहको अनितम खेलमा डायमण्ड र पुलिस तथा एभरेष्ट र नयाँबजारबीच प्रतिस्पर्धा हुनेछ । डायमण्ड र पुलिसको विजेता समूह विजेता बन्नेछ ।

    आज नै पुरुषतर्फ ४ खेलमा प्रतिस्पर्धा हुँदैछ । पुलिसविरुद्ध ढोरपाटन, न्युटनविरुद्ध गण्डकी, मणिमुकुन्दविरुद्ध दावाली तथाबुढानिलकण्ठविरुद्ध मधेशबीच खेल हुँदैछ ।

    ताजा सूचना

    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    • गरिमा चौधरी घटनामा गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, मधेस जागरण अभियानको चेतावनी
    • आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’
    • बीरगञ्जमा बाइक चोरको बिगबिगी, राधेमाईबाट बुलेट बाइक चोरी
    • हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.