२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२९ आश्विन २०८३

     २९ असोज, काठमाडौं । नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले सामाजिक सञ्जाल प्लेटफर्म टिकटकसँगको सहकार्यमा ‘भिजिट नेपाल’ प्रवर्द्धनात्मक अभियान सञ्चालन गरेको छ। अभियानमार्फत नेपालको प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा, साहसिक पर्यटन तथा स्थानीय जनजीवनलाई सिर्जनात्मक भिडियो सामग्रीका माध्यमबाट अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने लक्ष्य राखिएको छ।

    Ad
    Ad
    Ad

    यस अभियानमा सहभागी हुन पर्यटन बोर्डले यात्राप्रेमी, डिजिटल सामग्री निर्माता, पर्यटन व्यवसायी तथा सर्वसाधारणलाई नेपालको विविध पर्यटकीय गन्तव्य र अनुभव समेटिएका आकर्षक भिडियो निर्माण गरी टिकटकमा पोस्ट गर्न आह्वान गरेको छ। नेपालको भौगोलिक विविधता, सांस्कृतिक पहिचान, प्राकृतिक सम्पदा र स्थानीय जीवनशैलीलाई समेटेर तयार गरिएका भिडियोले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन छवि थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। साथै, यस्ता सामग्रीले विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास बोर्डले लिएको छ।

    Ad
    Ad
    Ad

    पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले डिजिटल माध्यमबाट नेपालको पर्यटन कथालाई विश्वभर पुर्‍याउन यो अभियानले महत्त्वपूर्ण अवसर प्रदान गर्ने बताएका छन्। डिजिटल प्लेटफर्मको बढ्दो प्रभावलाई उपयोग गर्दै नेपालको पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्‍याउने अभियानको उद्देश्य रहेको छ। यसले नेपालका पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय दर्शकमाझ चिनाउन, स्थानीय पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्न र नेपालको पर्यटन क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.