३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सरकारले माग्यो उच्च पारिश्रमिकमा आईटी विज्ञ, मासिक २ लाख ५० हजारसम्म तलब

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today३० आश्विन २०८३

     काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले सरकारी निकायमा सूचना प्रविधिको विकास, स्तरोन्नति र साइबर सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न पदमा उच्च पारिश्रमिकसहित आईटी विज्ञहरूका लागि दरखास्त आह्वान गरेको छ। केन्द्रले असोज २९ गते प्रकाशित सूचनामार्फत योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई कात्तिक १८ गतेभित्र अनलाइन माध्यमबाट आवेदन दिन आग्रह गरेको हो।

    Ad
    Ad
    Ad

    सार्वजनिक सूचनाअनुसार सबैभन्दा बढी पारिश्रमिक प्रमुख प्रविधि विज्ञ पदका लागि मासिक २ लाख ५० हजार रुपैयाँ तोकिएको छ। सूचना प्रविधिमा स्नातकोत्तर उपाधि हासिल गरी प्रविधि आर्किटेक्चर, रणनीति निर्माण तथा सुशासनका क्षेत्रमा अनुभव भएका विज्ञलाई उक्त पदमा प्राथमिकता दिइने जनाइएको छ। सरकारी निकायका सफ्टवेयर प्रणालीलाई आधुनिक, भरपर्दो र सुरक्षित बनाउने लक्ष्यसहित केन्द्रले दक्ष जनशक्ति भर्ना गर्न लागेको हो।

    Ad
    Ad
    Ad

    यसबाट सरकारी सेवा प्रवाहमा डिजिटल प्रविधिको प्रयोग विस्तार हुनुका साथै सूचना प्रणालीको सुरक्षा र सञ्चालन क्षमता सुदृढ हुने अपेक्षा गरिएको छ। इच्छुक तथा योग्य नेपाली नागरिकले तोकिएको समयसीमाभित्र आवेदन दिन सक्नेछन्। आवेदन दिनुअघि सम्बन्धित पदको योग्यता, अनुभव, पारिश्रमिक तथा आवेदन प्रक्रियाबारे आधिकारिक सूचना अध्ययन गर्नुपर्नेछ। 

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सरकारले माग्यो उच्च पारिश्रमिकमा आईटी विज्ञ, मासिक २ लाख ५० हजारसम्म तलब
    • उपराष्ट्रपति यादव र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेटवार्ता
    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.