लुम्बिनी र काठमाडौंको खेल १७ ओभरमा घटाइयो
-
अग्निपथ सम्बादाता
- today१९ पुष २०७९
अग्निपथ मिडिया - AGNIPATH MEDIA
काठमाडौं,२० पुष । नेपाल टी-२० लिग अन्तर्गत काठमाडौं नाइट्स र लुम्बिनी अलस्टार्स बीचको खेल १७ ओभरमा घटाइएको छ।
म्याच अम्पायरले मैदान चिसो भएका कारण समयमा टस हुन नसकेपछि ओभर घटाइएको हो । ८:३० मा हुनु पर्ने टस ९:१५ मा भएको छ ।
बुधबार हुने पहिलो खेलमा लुम्बिनीले टस जितेर ब्याटिङ गर्दैछ । साढे ८ बजे खेल सुरु हुने भनिए पनि काठमाडौंका खेलाडी ८:५० मा मात्र मैदान आइपुगेका थिए ।
खेल ९:३० बाट सुरु भएको छ ।