१९ असार २०८२, बिहिबार / 03 July 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • काठमाडौंको चौथो जित

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१९ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    काठमाडौं , १९ पुष । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भईरहेको नेपाल टी–२० मा काठमाडौं नाईट्सले चौथो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरुआतको केही समय तनावपूर्ण बनेको खेलमा काठमाडौंले विराटनगर सुपर किङ्सलाई ३४ रनले पराजित गर्यो ।

    Ad
    Ad

    टस हुनुअघि दुवै टिमका खेलाडीहरूले आफूहरूको पारिश्रमिक नपाएको भन्दै खेल्न नमानेपछि खेल निर्धारित समयमा सुरु हुन सकेको थिएन । तर पछि क्यानका अधिकारी, अन्य प्रतिनिधि र खेलाडीबीच भोलिसम्म पारिश्रमिक दिने सहमति बनेपछि खेल सुरु भएको थियो । यद्यपि खेललाई ९ ओभरमा झारिएको थियो । 

    Ad
    Ad

    खेलमा काठमाडौंले प्रस्तुत गरेको ९३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले ८.५ ओभरमा सबै विकेट गुमाएर ५८ रनमात्र बनाउन सक्यो । 

    Ad

    विराटनगरका गौरान्सु शर्माले २२ रन बनाए । यस्तै, विवेक यादवले १२ र नन्दन यादवले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

    विराटनगरलाई सस्तैमा समेट्न काठमाडौंका कमलसिंह ऐरीले तीन विकेट लिए । अनिल खरेल र सुनम गौतमले समान दुई विकेट लिदा बसिर अहमेद र अभिनाश बोहराले एक–एक विकेट लिए । 

    यसअघि टस जितेर ब्याटिङमा आएको काठमाडौंले निर्धारित ९ ओभरमा पाँच विकेट गुमाएर ९२ रनको योगफल खडा गरेको थियो । 

    काठमाडौंका सन्दीप रजालीले ३२ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल र कमलसिंह ऐरीले समान १४ रन बनाउदा एलेक्स ब्लाकले १३ रन थपे । 

    विराटनगरका नन्दन यादवले तीन विकेट लिदा हुसैन तलात र केओन जोसेफले एक–एक विकेट लिए । 

    जितसँगै सात खेलबाट आठ अंक जोडेको काठमाडौं तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट चार अंक जोडेको विराटनगर तालिकाको पाँचौ स्थानमा छ ।

    ताजा सूचना

    • एसीसी यू-१६ इस्ट जोन कप: सेमिफाइनलमा नेपालले टस जित्दै मलेसियालाई ब्याटिङको निम्तो, फाइनल यात्रा नजिक!
    • बारामा जगदम्बा स्टिल्समा भीषण विस्फोट, उद्योग क्षेत्रमा त्रासको वातावरण
    • "कम्युनिष्टहरुको अधिनायकवादी चरित्रको पर्दाफाश नेकपा एसले गर्‍यो" — पूर्ण बस्नेत
    • ऊर्जा क्षेत्रमा सरकारी–निजी सहकार्यको नयाँ युग सुरु: ६०७ मेगावाट क्षमताका पाँच आयोजना ग्रीडमा जोडिने
    • नयाँ ग्रीड कनेक्शन सम्झौतामा ५ जलविद्युत कम्पनीहरू र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी बीच हस्ताक्षर
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.