२ कार्तिक २०८३, आइतबार / 18 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विश्वकपको फाइनलमा अर्जेन्टिनाले जित्ने बाजी राख्दा पनि १३ करोडभन्दा धेरै हारे !

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१३ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

    काठमाडौं  १३ पुस, । अर्जेन्टिनाले फिफा विश्वकप २०२२ को उपाधि जितेको छ । फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई हराएको थियो । नतिजा पेनाल्टी सुटआउटबाट आयो जसमा अर्जेन्टिना ४-३ ले विजयी भयो। तर यो जितसँगै क्यानडाका र्‍यापर ड्रेकले १३ करोडभन्दा बढी गुमाए । वास्तवमा ड्रेकले ९० मिनेटमा अर्जेन्टिनाको जितको दाबी गरेका थिए र यसका लागि उनले १० लाख डलर (१३ करोड २७ लाख रुपैयाँ)को बाजी लगाएका थिए । तर फ्रान्स र अर्जेन्टिनाबीचको खेल यति रोचक बन्यो कि जित र हारको निर्णय पेनाल्टी सुटआउटबाटै भयो ।

    Ad
    Ad
    Ad

    यसरी ड्रेकले ९० मिनेटमा अर्जेन्टिनाले जित्ने दावी गलत साबित भयो र उनले बाजी हारे । जसका कारण उनले १३ करोड रुपैयाँ गुमाउनु परेको थियो । इन्स्टाग्राममा पोष्ट गर्दै उनले बाजी जितेको भए २.७५ मिलियन डलर (३६ करोड बढी) पाउने बताए । यद्यपि, ड्रेकले पछि यो पोस्ट हटाए।र्‍यापर ड्रेकले अर्जेन्टिनालाई मात्र समर्थन गरिरहेका थिए। एक भिडियोमा उनी भन्दै थिए– ‘म अर्जेन्टिना लिन्छु र उसले फ्रान्स लिन्छ ।’ यसबाहेक अर्जेन्टिनाको समर्थनमा उनका धेरै तस्विरहरु पनि सार्वजनिक भएका छन् । ड्रेक अर्जेन्टिनाको जितमा विश्वस्त थिए। तर, अर्जेन्टिनाले पक्कै जित्यो तर ड्रेकका अनुसार ९० मिनेटमा नभई पेनाल्टी सुटआउटमा ।

    Ad
    Ad
    Ad
    Ad

    डेली मेलका अनुसार ड्रेकले यस वर्ष धेरै खेलकुद कार्यक्रमहरूमा बाजी लगाएका छन्। तर अधिकांशमा हार बेहोरेका थिए । उनले गत महिना पूर्व युएफसी च्याम्पियन इजरायल अदेसन्यासँग १६ करोड रुपैयाँको बाजी हारे । अर्को एउटा फुटबल प्रतियोगितामा पनि उनले बाजी लगाएको टोली हार्यो । ड्रेकले यो वर्ष स्पेनिस ग्रान्ड प्रिक्समा पनि १ करोड ९० लाख रुपैयाँ गुमाए ।

    Ad

    फिफा विश्वकप २०२२ को फाइनल खेलमा पहिलो हाफ अर्जेन्टिनाको पक्षमा रह्यो । यस अवधिमा अर्जेन्टिनाले २ गोल गरेको थियो । दोस्रो हाफमा ब्याकफुटमा देखिएको फ्रान्सले पुनरागमन गर्दै २–२ गोल गर्दै खेल बराबरी गरेको थियो । ९० मिनेट र अतिरिक्त ७ मिनेट सकिएपछि गोल २–२ को बराबरीमा थियो ।

    यस्तो अवस्थामा १५–१५ मिनेट अतिरिक्त समय दिइएको थियो । तर अतिरिक्त समयमा पनि खेल ३–३ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले फ्रान्सलाई ४–२ ले हराएको थियो ।

    ताजा सूचना

    • सरकारले माग्यो उच्च पारिश्रमिकमा आईटी विज्ञ, मासिक २ लाख ५० हजारसम्म तलब
    • उपराष्ट्रपति यादव र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेटवार्ता
    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.