१३ चैत्र २०८२, शुक्रबार / 27 March 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • डच विंगर गाक्पो लिभरपुलमा जाने पक्का

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today११ पुष २०७९

     

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

     १२ पुष । इंग्लिस क्लब लिभरपुलले नेदरल्यान्ड्सका विंगर फरवार्ड कोडी गाक्पोलाई पीएसभी आइन्डहोभनबाट अनुबन्ध गर्न सहमत भएको डच क्लबले जनाएको छ ।

    Ad
    Ad
    Ad

    २३ वर्षीय गाक्पोले फिफा विश्वकप कतार २०२२ मा नेदरल्यान्ड्सलाई क्वार्टरफाइनलसम्म पु¥याउन तीन गोल गर्दै प्रभावशाली प्रदर्शन गरेका थिए ।

    Ad
    Ad
    Ad
    Ad

    गाक्पोको शुल्क ४० देखि ५० मिलियन युरो हुने अपेक्षा गरिएको छ । पिएसभीले गाक्पो सम्झौता पूरा गर्न इंग्ल्यान्ड जाने यो उनीहरुको कीर्तिमानी स्थानान्तरण हुने बताएको छ ।

    गाक्पो अनुबन्धमा अर्काे इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले चासो देखाएपनि उनी लिभरपुलसँग जोडिएको हो । पिएसभी व्यवस्थापनका अनुसार गाक्पो बक्सिङ डेमा इंग्ल्यान्ड पुग्नेछ । त्यसपछि सम्झौता हुनेछ ।

    गाक्पो यो सिजन उच्च लयमा छ । पिएसभीका लागि उनले यो सिजन १४ खेलमा ९ गोलसँगै १२ असिस्ट दिएका छन् । उनले युरोपा लिगका पाँच खेलमा तीन गोल र दुई असिस्ट पनि गरेका छन् । विश्वकपमा, उनले समूह चरणमा सेनेगल, इक्वेडर र कतारविरुद्ध गोल गरेका थिए ।

    लिभरपुलले सोमबार एस्टन भिल्लालाई ३–१ ले पराजित गर्दै प्रिमियर लिगको खेलमा फर्किएको छ । प्रशिक्षक योर्गेन क्लोपको टोली शीर्ष ६ मा रहेका छ ।

    लिभरपुल तथा डच टोलीका डिफेन्डर भर्जिल भान डाइकले आफ्नो डच सहयात्री गाक्पो प्रतिभावान् खेलाडी रहेको बताका थिए । ‘आशा छ कि कोडीले धेरै लामो यात्रा तय गर्न सक्छ ।’ भान डाइकले कतारमा प्रतियोगिताको क्रममा भने, ‘उनी धेरै राम्रो खेलाडी हुन् । उनले के गरिरहेका छन् त्यो हामीले देख्न सक्छौं । मलाई आशा छ कि उनमा यो भन्दा पनि राम्रो गर्न सक्ने क्षमता छ ।’

    ताजा सूचना

    • गृहमन्त्री सुदन गुरुङले गरे पदभार ग्रहण
    • भक्ति र साहसको संगम: गौ रक्षा प्रमुख यश सराफको साइकल यात्रा सुरु, एक महिनामा केदारनाथ पुग्ने लक्ष्य।
    • भक्ति र साहसको संगम: गौ रक्षा प्रमुख यश सराफको साइकल यात्रा सुरु, एक महिनामा केदारनाथ पुग्ने लक्ष्य।
    • वीरगंजको गहवा माई मन्दिरमा आज भव्य 'महाआरती': तयारी पूरा, सञ्चारकर्मी र आम जनमानसलाई उपस्थितिको निम्तो
    • ‘रोचक कि राजनीतिक सन्देश?’ — बालेन्द्र शाह प्रधानमन्त्री बनेको परिकल्पनाले सामाजिक सञ्जाल ततायो
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.