१९ असार २०८२, बिहिबार / 03 July 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • म्यानचेस्टर इएफएल कपको क्वाटरफाइनलमा

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today६ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad

    एजेन्सी, ७ पुष । च्याम्पियनसिप क्लब बर्नलेमाथि सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड इएफएल कप अर्थात कारवाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    Ad
    Ad

    युनाइटेडले घरेलु मैदानमा च्याम्पियनसिप क्लब बर्नलेमाथि २–० को सहज जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो । युनाइटेडकाे जितमा क्रिष्टियन एरिक्सन र मार्कस रासफर्डले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

    Ad

    ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलको २७औं मिनेटमा एरिक्सनको गोलबाट सुरुवाती अग्रता लिएको थियो । उनले आरोन वान विशाखाको पासमा गोल गर्न सफल भएका थिए ।

    त्यसपछि ५७औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडको जित पक्का गरे । उनले स्कट म्याक टोमिनेको पासमा मैदानकाे मध्य भागबाट एक्लै बल अघि बढाउँदै दुई डिफेन्डरलाई बिट गर्दै सानदार गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड विजयी हुदै क्वाटरफाइनलमा पुग्न सफल भयो ।

    कारवाओ कपकै अर्काे खेलमा नटिङहम फरेस्टले ब्ल्याकबर्नलाई ४–१ ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ ।नटिङहमको जितमा ब्रेनानले दुई तथा जेसे लिंगार्ड र ताइओ एओनियीले समान एक गोल गरे । ब्ल्याकबर्नका स्कट ह्वार्टनले एक गोल फर्काए ।

    अर्काे खेलमा चाल्र्टनले ब्राइटनलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ । निर्धारित समयमा कुनै गोल निस्कन नसकेपछि खेल पेनाल्टीमा पुग्दा चाल्र्टनले बाजी मार्न सफल भयो ।

    अब म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेलपछि इएफएल कपको क्वाटरफाइनल समिकरण पूरा हुनेछ । यि दुईबीच आज राति प्रतिस्पर्धा हुँदैछ ।

    हालसम्म लेस्टर सिटी, न्यूक्यासल युनाइटेड, साउथह्याम्टन, वल्भ्स, नटिङहम फरेस्ट, चाल्र्टन र म्यानचेस्टर युनाइटेडले क्वाटरफाइनलमा स्थन बनाइसकेको छ ।

    ताजा सूचना

    • एसीसी यू-१६ इस्ट जोन कप: सेमिफाइनलमा नेपालले टस जित्दै मलेसियालाई ब्याटिङको निम्तो, फाइनल यात्रा नजिक!
    • बारामा जगदम्बा स्टिल्समा भीषण विस्फोट, उद्योग क्षेत्रमा त्रासको वातावरण
    • "कम्युनिष्टहरुको अधिनायकवादी चरित्रको पर्दाफाश नेकपा एसले गर्‍यो" — पूर्ण बस्नेत
    • ऊर्जा क्षेत्रमा सरकारी–निजी सहकार्यको नयाँ युग सुरु: ६०७ मेगावाट क्षमताका पाँच आयोजना ग्रीडमा जोडिने
    • नयाँ ग्रीड कनेक्शन सम्झौतामा ५ जलविद्युत कम्पनीहरू र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी बीच हस्ताक्षर
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.