१९ असार २०८२, बिहिबार / 03 July 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विश्वकप उपाधिको खुसी मनाउन अर्जेन्टिनामा सार्वजनिक बिदा

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today४ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad

     ५ पुस । एजेन्सी – फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली मंगलबार स्वदेश पुगेसँगै राजधानी ब्युनस आएर्सस्थित प्रख्यात ओबेलिस्कमा कार्यक्रम राखिएको छ । उक्त कार्यक्रममा उपस्थित हुन तथा खुसियाली मनाउन अर्जेन्टिनी सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    Ad
    Ad

    अर्जेन्टिनी सरकारले राष्ट्रिय टोलीको जितमा खुलेर खुसीयाली मनाउन बिदा दिएको जनाएको छ । त्यस्तै अर्जेन्टिना फुटबल संघले विज्ञप्ति जारी गर्दै विश्व च्याम्पियन टोलीले मंगलबार दिउँसो ओबेलिस्क क्षेत्रमा समर्थकमाझ उपाधिको खुसियाली मनाउनेछ । सोमबार कतारबाट अर्जेन्टिना प्रस्थान गरेको टोली मंगलबार विहान त्यहाँ पुगेर विमानस्थल नजिक रहेको संघको प्रशिक्षण केन्द्रमा आराम गर्नेछ ।

    Ad

    अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै उपाधि जितेको थियो । अतिरिक्त समयमा ३-३ को बराबरीपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । आइतबार लुसेल रंगशालामा सम्पन्न फाइनल खेललाई धेरैले हालसम्मकै उत्कृष्ट फाइनलको उपमा दिएका छन् ।

    अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले उपाधि जितेसँगै अर्जेन्टिना फर्कन आतुर रहेको बताएका थिए । ‘म अर्जेन्टिना पुगेर त्यहाँको वातावरण हेर्न चाहन्छु । म समर्थकमाझ खुसी साट्न चाहन्छु । यो क्षणमा रम्न चाहन्छु,’ मेस्सीले भने ।

    अर्जेन्टिनी टोली रोम हुँदै अर्जेन्टिना पुग्दैछ । नेपाली समयअनुसार मंगलबार मध्यान्हमा अर्जेन्टिना पुगेपछि टोलीले विश्राम लिनेछ । यो समाचार तयार पार्दाको समयमा ७३ हजार जनाले विश्व प्रसिद्ध फ्लाइट राडर २४ को वेबसाइटमा अर्जेन्टिनी टोली चढेको विमानको यात्रा पछ्याइरहेका छन् ।

    ताजा सूचना

    • एसीसी यू-१६ इस्ट जोन कप: सेमिफाइनलमा नेपालले टस जित्दै मलेसियालाई ब्याटिङको निम्तो, फाइनल यात्रा नजिक!
    • बारामा जगदम्बा स्टिल्समा भीषण विस्फोट, उद्योग क्षेत्रमा त्रासको वातावरण
    • "कम्युनिष्टहरुको अधिनायकवादी चरित्रको पर्दाफाश नेकपा एसले गर्‍यो" — पूर्ण बस्नेत
    • ऊर्जा क्षेत्रमा सरकारी–निजी सहकार्यको नयाँ युग सुरु: ६०७ मेगावाट क्षमताका पाँच आयोजना ग्रीडमा जोडिने
    • नयाँ ग्रीड कनेक्शन सम्झौतामा ५ जलविद्युत कम्पनीहरू र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी बीच हस्ताक्षर
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.