२६ जेठ २०८३, मंगलबार / 09 June 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • इटलीका पाओलो रोसी : एउटै संस्करणमा विश्वकप उपाधि, गोल्डेन बुट र गोल्डेन बल जित्ने खेलाडी

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२९ मंसिर २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

    काठमाडौं ,१ पुस। एकै संस्करणमा विश्वकप उपाधिसँगै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको अवार्ड जित्दा कस्तो होला ? सायद यो सफलताको खुसी शव्दमा व्यक्त गर्न सकिंदैन । इटलीका पाओलो रोसी त्यस्तै खेलाडी हुन् जसले सन् १९८२ मा फिफा विश्वकपको उपाधिसँगै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता बने ।

    Ad
    Ad
    Ad

    उनी सम्मिलित टिमले विश्वकप उपाधि जित्यो । उत्कृष्ट खेलाडी बन्दै उनले गोल्डेन बल र सर्वाधिक गोलकर्ताका लागि उनले नै गोल्डेन बुटसमेत जिते । उनले इटलीलाई विश्वकप जिताउनका लागि उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ६ गोल गरेका थिए ।

    Ad
    Ad
    Ad
    Ad

    स्पेनमा भएको १९८२ को १२औं संस्करणदेखि नै विश्वकपमा उत्कृष्ट खेलाडीका लागि गोल्डेन बुट र सर्वाधिक गोलकर्ताका लागि गोल्डेन बल दिन थालिएको थियो । पहिलो पटकमै रोसीले अवार्डमा क्लिन स्वीप गरे ।

    इटलीले फाइनलमा पश्चिम जर्मनीलाई ३–१ ले पराजित गर्दा रोसीले पहिलो गोल गरेका थिए । समूह चरणमा गोल गर्न नसकेपछि रोसीले दोस्रो चरणमा उपाधिको दाबेदार मनिएको ब्राजिललाई ३–२ ले पराजित गर्दा ह्याट्रिक गरेका थिए । यस्तै सेमिफाइनलमा इटलीले पोल्याण्डलाई २–० ले पराजित गर्दा दुवै गोल रोसीले गरेका थिए ।

    विश्वकपका साथै रोसीले त्यही वर्ष बालोन डेओर अवार्ड समेत जितेका थिए । उनले उक्त विश्वकपमा कूल ६ गोल गरेका थिए । रोसीले इटलीका लागि ४८ खेल खेल्दै २० गोल गरे ।

    सन् २०२० डिसेम्बरमा ६४ वर्षको उमेरमा उनको निधन भएको थियो ।

    ताजा सूचना

    • वीरगंजका मेयर राजेशमान सिंहको विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै पद स्वतः निलम्बन
    • वीरगन्जमा 'हिन्दू राष्ट्र र संविधान संशोधन' सम्बन्धी विचार गोष्ठी सम्पन्न
    • निवर्तमान नेतृत्वले कागजात र हरहिसाब नबुझाई तालाबन्दी गरेकोमा पत्रकार महासंघ पर्साको गम्भीर आपत्ति
    • मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन
    • बन्धक बनाउने खेलका विरुद्ध ४० पत्रकार मैदानमा; ३ दिने अल्टिमेटमसहित बुझाए मागपत्र
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.