१३ चैत्र २०८२, शुक्रबार / 27 March 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • आमालाई रङ्गशाला ल्याएर मनोबल बढाइरहेका मोरक्कोका खेलाडी

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२८ मंसिर २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

    दोहा । कतारमा जारी विश्वकप फुटबलमा मोरक्कोले ऐतिहासिक सफलता हात पारिरहँदा उसले फरक दृश्यहरू पनि देखाइरहेको छ। मोरक्कोका खेलाडीहरू आमालाई रङ्गशालामा दर्शक बनाएर खेल खेलिरहेका छन्। सफलतापछि उनीहरूले आमासँग खुसी साटिरहेको देखिन्छ। खेलाडीहरूले श्रीमती, गर्लफ्रेन्ड, छोराछोरी लैजाने पुरानै परम्परा भए पनि आमाहरूलाई दर्शक दीर्घामा राखेर खेल्ने गरेको चाहिँ नयाँ हो।

    Ad
    Ad
    Ad

    क्वाटर फाइनलमा मोरक्कोले पोर्चुगललाई हराएर विश्वकपमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोलीका रूपमा कीर्तिमान बनाएपछि मिडफिल्डर सोफाइन बौफल आमालाई मैदानमै ल्याएर नाचेको देखिएको थियो।प्रिक्वाटरफाइनलमा पूर्व विजेता स्पेनविरुद्ध भएको टाइब्रेकरमा निर्णायक पेनाल्टीमा गोल गरेपछि डिफेन्डर अस्रफ हाकिमी दर्शक दीर्घामा रहेकी आमा नजिक पुगेर खुसी साँटेका थिए।

    Ad
    Ad
    Ad
    Ad

    आमासँग चुम्बन गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै ‘आई लभ यू मम’ लेखेका थिए। प्रशिक्षक वालिद रेग्रागुईले पनि आमालाई कतारमा ल्याएर खेल हेराइरहेका छन्। स्पेनसँगको खेलपछि उनले पनि दर्शक दीर्घामा रहेकी आमा नजिक पुगेर खुसी साँटेका थिए।

    परिवारसँगै लिएर आउनु विश्वकपमा माथिल्लो स्तरमा प्रदर्शन गर्ने टोलीको रणनीतिका लागि भएको रेग्रागुईले बताएका छन्। ‘हामीले स्टाफहरूसँग कुरा गरेपछि टिम स्प्रिरिट राम्रो हुने निष्कर्ष निकालेर परिवार लिएर आएका हौँ। यसले प्रतियोगितामा अगाडि बढ्न सहयोग गर्ने हाम्रो विश्वास थियो’, रेग्रागुईले भनेका छन्।

    त्यसबाहेक विश्वलाई मोरक्कोको संस्कृति देखाउन पनि त्यसो गरिएको उनको भनाई छ। भन्छन्, ‘हाम्रा खेलाडीहरू उनीहरूका परिवारसँग कति नजिक छन् भनेर देखाउने अवसर पनि हो यो। यो हाम्रो संस्कृतिको हिस्सा पनि हो जहाँबाट हामी आएका छौँ।’मिडफिल्डर इलियास चेयरले परिवारको सहयोग आफ्ना लागि सबथोक भएको बताउँछन्।

    ‘मेरा अभिभावक र श्रीमती यहाँ आएका छन्। मलाई लाग्छ सबै खेलाडीका अभिभावक र पारिवारिक सदस्यहरू यहाँ आएका छन्। यसले हामीलाई ठुलो शक्ति दिएको छ’, उनी भन्छन्। मोरक्कोले सेमिफाइनलमा बुधवार साबिक विजेता फ्रान्ससँग खेल्दै छ। मोरक्को सन् १९८६ यता पहिलो पटक नकआउट चरण पुगेर, त्यहाँबाट अगाडि बढ्दै सेमिफाइनलसम्म आइपुगेको छ। विभिन्न देशमा जन्मिएका एक दर्जनभन्दा बढी खेलाडीलाई राष्ट्रिय टोलिमा ल्याएर मोरक्कोले अहिले विश्वकप खेलिरहेको छ।

    ताजा सूचना

    • भक्ति र साहसको संगम: गौ रक्षा प्रमुख यश सराफको साइकल यात्रा सुरु, एक महिनामा केदारनाथ पुग्ने लक्ष्य।
    • भक्ति र साहसको संगम: गौ रक्षा प्रमुख यश सराफको साइकल यात्रा सुरु, एक महिनामा केदारनाथ पुग्ने लक्ष्य।
    • वीरगंजको गहवा माई मन्दिरमा आज भव्य 'महाआरती': तयारी पूरा, सञ्चारकर्मी र आम जनमानसलाई उपस्थितिको निम्तो
    • ‘रोचक कि राजनीतिक सन्देश?’ — बालेन्द्र शाह प्रधानमन्त्री बनेको परिकल्पनाले सामाजिक सञ्जाल ततायो
    • रास्वपाको बैठकमा ‘साह’ कार्ड: समर्थनमा ताली, बालेन मौन — राजनीतिमा नयाँ संकेत!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.