१९ असार २०८२, बिहिबार / 03 July 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपालले टस जित्याे, पहिला ब्याटिङ गर्ने

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२१ मंसिर २०७९

     अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad

    काठमाडौं (हाम्रो खेलकुद) –  आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको चाैथाे तथा अन्तिमा खेलमा नेपालले स्कटल्यान्डिवरुद्व टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकाे छ ।

    Ad
    Ad

    नेपाल र स्कटल्यान्डबीचकाे खेल युनाईटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा नेपाली समयअनुसार दिउँसाे १ः४५  बजेपछि हुनेछ । स्कटल्यान्डविरुद्व नेपालले बुधबार नामिवियािवरुद्धकाे टाेलीबाट एक परिवर्तन गरेकाे छ ।

    Ad

    प्रशिक्षकले कुशल भुर्तेललाई बेञ्चमा राख्दै हरि शंकर शाहलाई टाेलीमा समेटेकाे छ । करण केसी र नन्दन यादव यस खेलमा पनि बेञ्चमा रहेका छन् ।

    स्कटल्यान्डविरुद्व मैदान उत्रदा नेपाल नामिविया भ्रमणमा पहिलाे जितकाे खाेजीमा हुनेछ । यस भ्रमणमा नेपालले तीन खेलिसक्दा दुईमा हार र एकमा बराबरीकाे नतिजा निकालेकाे छ ।

    नामिवियासँगकाे पहिलाे खेल वर्षाका कारण रद्व हुँदा अंक नेपालले अंक पाएकाे थियाे । दाेस्राे खेलमा स्कटल्यान्डसँग ३ विकेटले परािजत भएकाे नेपाल बुधबार नामिवियासँग ८६ रनले पराजित भएकाे थियाे ।

    नेपाललाई शीर्ष तीनमा रहँदै आगामी वर्ष हुने ग्लोबल छनोट खेल्न बाँकी सबै खेल जित्नुपर्ने दवाव छ । बुधबार नामिवियासँगको हारले नेपालको सम्भावना झनै झिनो बनेको छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता निरन्तरता दिन पनि जित्नै पर्ने दबाब छ ।

    स्कटल्यान्ड ३० खेलमा २० जित र ७ मा हारसहित ४४ अंक जोडेर शीर्षस्थानमा छ । स्कटल्यान्डको शीर्ष तीन पक्का जस्तै बनेको छ । नेपाल २२ खेलमा ८ जित र १३ हारसहित १८ अंकका साथ छैटौं स्थानमा छ । आइसिसी विश्वकप लिग २ को सर्वाधिक बलियो टोली स्कटल्यान्डलाई स्तब्ध पार्दै नेपाल महत्वपूर्ण दुई अंक जोड्ने सोचमा हुनेछ ।

    तर नेपाललाई सहज भने हुनेछैन । टोलीसँग तीब्र गतिका करण केसी र सोमपाल कामी छन् । तर प्रशिक्षकले यि दुईलाई यस भ्रमणमा सँगै खेलाएका छैनन् । टोलीमा सागर ढकाल र ललित नारायण राजवंशी, आसिफ शेख, कुशल भुर्तेल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, कप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल र गुलशन झा रहेका छन् ।

    यता स्कटल्यान्डमा विश्वस्तरिय र अनुभवी ब्याटरको भरिभराउ छ । ओपनर काइल कोट्जर र जर्ज मुन्शे छन् । यी दुबै एसोसियट क्रिकेटका स्टार ब्याटर हुन् । आक्रामक ब्याटिङसहित ठूलो इनिङका लागि मुन्शे चिनिन्छन् । कोट्जर जिम्मेवारीका साथ परिपक्क प्रदर्शन गर्ने गर्दछन् । कोट्जरको ओडिआईमा पाँच शतक छ ।

    कप्तान रिची बेरिङटन, विकेटकिपर म्याथ्यु क्रस र ब्रेन्डन म्याकुम्यालनले गर्दा मध्यक्रम मजबुत छ । यी तीन मध्य एक खेलाडी चल्दा स्कटल्यान्डले ठूलो योगफल बनाउन सक्छ । तल्लोकममा माइकल लिस्क, मार्क वाट्ट, श्यान शरिफ र क्रिस सोलेले पनि तल्लोक्रममा राम्रो ब्याटिङ गर्दै आएका छन् । स्कटल्यान्डको मजबुत ब्याटिङ लाइनअप धरासयी बनाउन नेपाली बलरले सानदार बलिङ गर्न बाहेक अन्य विकल्प हुनेछनै ।

    स्कटल्यान्डको तीव्र गतिको बलरमा शरिफ, क्रिस सोले र ब्रेन्डन म्याकुम्यालन छन् । स्पिनर मार्क वाट् र हम्जा ताहिरको जोडी नेपाललाई यसअघि लगातार घातक बन्दै आएको छ ।

    नेपालले गत जुलाईमा घरेलु मैदानमा स्कटल्यान्डलाई पहिलो खेलमा ५ विकेटले हराएको थियो । १ सय ४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा पूरा गरेको थियो । त्यो नै स्कटल्यान्डमाथि नेपालको क्रिकेट इतिहासकै पहिलो जित थियो । दोस्रो खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो । यही सिरिजमा नेपाल ३ विकेटले पराजित भएको थियो ।

    अंक तालिका

    स्कटल्यान्ड ३० खेलमा २१ मा जित र ७ मा हारकासाथ ४४ अंक जोड्दै शीर्ष स्थानमा छ । ओमान ३६ खेलमा २१ खेलमा जितका साथ ४४ अंक जोड्दै नेटरनरेटको कारण दोस्रो स्थानमा छ ।

    अमेरिका ३६ खेलमा १६ मा जितका साथ ३५ अंक जोड्दै तेस्रोमा छ । नामिबिया २९ खेलमा १७ मा जितका साथ ३५ अंक जोड्दै चौथो स्थानमा छ ।

    युएई २६ खेलमा १२ मा जितका साथ २७ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल २३ खेलमा ८ मा जित र १३ मा हारसहित १८ अंक जोड्दै छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जितका साथ पुछारमा छ ।

    ताजा सूचना

    • ऊर्जा क्षेत्रमा सरकारी–निजी सहकार्यको नयाँ युग सुरु: ६०७ मेगावाट क्षमताका पाँच आयोजना ग्रीडमा जोडिने
    • नयाँ ग्रीड कनेक्शन सम्झौतामा ५ जलविद्युत कम्पनीहरू र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी बीच हस्ताक्षर
    • कुलिङ पिरियड प्रावधान हेरफेरमाथि छानबिनको माग : मन्त्री गुप्ता आक्रोशित
    • त्रिभुवन माध्यमिक विद्यालय, वीरगन्जमा विश्व हिन्दु परिषदद्वारा हनुमान चालीसा पाठ सम्पन्न
    • शिक्षा ऐन नआए आन्दोलन चर्किने : शिक्षक महासंघको सरकारलाई चेतावनी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.