१७ भदौ २०८३, बुधवार / 02 September 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विश्वकपमा आज प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१९ मंसिर २०७९

     अग्निपथ मिडिया  - Agnipath Media

    Ad
    Ad
    Ad

    एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (मंगलबार) प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेलहरुमा प्रतिस्पर्धा हुँदैछ ।

    Ad
    Ad
    Ad

    पहिलो खेलमा समूह ‘एफ’ को विजेता मोरक्कोले समूह ‘ईं’ को उपविजेता स्पेनसँग खेल्दैछ । अर्काे खेलमा समूह ‘एच’ को विजेता पोर्चुगलले समूह ‘जी’ को उपविजेता स्वीट्जरल्यान्डसँग खेल्दैछ । यि दुई खेलको अन्त्यसँगै क्वाटरफाइनल समिकरण पूरा हुनेछ ।

    Ad
    Ad
    Ad
    Ad

    हालसम्म नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स, इंग्ल्यान्ड, क्रोएसिया र ब्राजिलले क्वाटरफाइनलमा स्थान बनाइसकेका छन् ।
    मोरक्को र स्पेनबीचको खेल एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ ।

    समूह चरणको पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएको मोरक्कोले त्यसपछि बेल्जियम र क्यानडालाई समान २–१ ले पराजित गरेर समूह विजेता बन्दै स्पेनसँगको भेट पक्का गरेको थियो । टोली त्यही जितको लक्ष्यमा मैदान उत्रनेछ ।

    यता, आफ्नो समूहमा उपविजेता बनेको स्पेन पनि मोरक्कोलाई हराएर अन्तिम आठमा पुग्न चहान्छ । स्पेनले पहिलाे खेलमा काेस्टा रिकालाई ७–० ले पराजित गर्दै सुखद् सुरुवात गरेकाे थियाे । दाेस्राे खेलमा जर्मनीसँग १–१ गाेलकाे बराबरी खेलेकाे स्पेनले अन्तिम खेलमा जापानसँग २–१ पराजित भएकाे थियाे ।

    यस्तै पोर्चुगल र स्वीट्जरल्यान्डबीचको खेल लुसेल आइकोनिक रंगशालामा राति १२ः४५ बजेपछि हुनेछ । पोर्चुगल समूह ‘एच’ को विजेता तथा स्वीट्जरल्यान्ड समूह ‘जी’ को बनेर भिडन्त तय गरेका हुन् । दुवै टोली जित निकाल्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा मैदान उत्रनेछ ।

    नकआउट चरण स्थान बनाउने क्रममा पाेर्चुगलले घानालाई ३–२ ले र उरुग्वेलाई २–० ले हराउँदा दक्षिण काेरियासँग २–१ ले पराजित भएकाे थियाे । यता स्वीट्जरल्यान्डले क्यामरुनलाई १–० र सर्वियालाई ३–२ ले पराजित गर्दा ब्राजिलसँग १–० ले पराजित भएकाे थयाे ।

    ताजा सूचना

    • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.