१८ असार २०८२, बुधवार / 02 July 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नामिबियाविरुद्ध नेपालको संघर्षपूर्ण ‘शतक’

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१६ मंसिर २०७९

    अग्निपथ मिडिया  - Agnipath Media

    Ad
    Ad

    आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा नामिबियाविरुद्ध नेपालले १ सय रन पूरा गरेको छ । नेपालले २९ ओभरमा तीन विकेटको क्षतिमा घरेलु टोली नामिबियाविरुद्ध शतक अर्थात १ सय रन पूरा गरेको हो । १ सय रन पूरा गर्दा नेपालले महत्वपूर्ण तीन विकेट गुमायो ।

    Ad
    Ad

    नेपालले पहिलो विकेटको रूपमा विकेटकिपर अर्जुन साउँदलाई १८ रनमा गुमायो । ४२ बलको सामना गरेका उनले त्यसक्रममा दुई चौका हिर्काए । त्यस्तै, आसिफ शेखले ४६ बलमा दुई चौकाको मद्दतमा २० रन जोडे । रन आउटको सिकार भएका कप्तान रोहित पौडेलले १५ बलमा १० बनाए । नेपाल र नामिबियाबीचको खेल विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा भइरहेको छ ।

    Ad

    सिरिजमा नेपाल नामिबियालाई हराउँदै सुखद सुरुवात गर्न चाहन्छ । नामिबिया घरेलु मैदानको फाइदा उठाउँदै जित निकाल्ने सोचमा छ । हालसम्म नेपालले नामिबियाविरुद्ध दुई एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलेको छ । जसमा नेपालले दुवै खेल हारेको छ ।

    विश्वकप लिग–२ अन्तर्गत नै खेलिएको सिरिजमा नामिबियासँग नेपाल क्रमशः ४० रन र ६३ रन पराजित भएको थियो । यसपटक नेपाललाई नामिबियाविरुद्ध बदला लिने मौका छ । यदि आजको खेल जिते नामिबियाविरुद्ध नेपालले इतिहास पनि रच्नेछ । विश्वकप लिग–२ को अंक तालिकाको कुरा गर्दा नेपाल छैैटौँ स्थानमा छ ।

    १७ अंक जोडेको नेपालले २० म्याच खेलेको छ । जसमा नेपालले ११ मा हार, आठमा जित र एक खेलमा अंक बाँडेको छ । त्यस्तै, २६ म्याच खेलेको नामिबिया तालिकाको चौथो स्थानमा छ । उसले २६ म्याच खेल्दा १६ मा जित र १० खेलमा हारको सामना गरेको छ । त्यस्तै, तालिकाको शीर्षमा ओमान, दोस्रोमा स्कटल्याण्ड, तेस्रोमा अमेरिका, पाँचौँमा यूएई र सातौँमा पिएनजी छ ।

    ताजा सूचना

    • ऊर्जा क्षेत्रमा सरकारी–निजी सहकार्यको नयाँ युग सुरु: ६०७ मेगावाट क्षमताका पाँच आयोजना ग्रीडमा जोडिने
    • नयाँ ग्रीड कनेक्शन सम्झौतामा ५ जलविद्युत कम्पनीहरू र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी बीच हस्ताक्षर
    • कुलिङ पिरियड प्रावधान हेरफेरमाथि छानबिनको माग : मन्त्री गुप्ता आक्रोशित
    • त्रिभुवन माध्यमिक विद्यालय, वीरगन्जमा विश्व हिन्दु परिषदद्वारा हनुमान चालीसा पाठ सम्पन्न
    • शिक्षा ऐन नआए आन्दोलन चर्किने : शिक्षक महासंघको सरकारलाई चेतावनी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.